राजपाद्धारा संसद बैठक अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजपाद्धारा संसद बैठक अवरुद्ध


प्रशासन संवाददाता

४ चैत्र २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ ।

टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले सभामुखको रुलिङसमेत नमानेको बताए । तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।

उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्‍यो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाले आरोप लगाए ।

यो सँगै राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको चौथो पटक हो । राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस