१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भजाँचमा अण्डा वितरण

अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–५ मालिकाले स्वास्थ्य संस्थामा नियमित परीक्षण गर्न आएका महिलालाई अण्डा वितरण गर्न थालेको छ । २ महीनाअघि देखि शुरु भएको यो अभियानमा अहिलेसम्म २७ जनाले सेवा लिइसकेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताए ।

सरकारी नियमानुसार एउटा गर्भवती महिलाले गर्भअवधि भर कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । उनीहरुको शरीरमा पोषणको मात्रा पुर्‍याउन सजिलो होस् भनेर वडा कार्यालयले विनियोजन गरेको स्वास्थ्यको बजेटबाट यो सेवा दिएको हो । चालू वर्षका लागि वडाले रु ५० हजार यो शीर्षकमा छुट्याएको हो ।

सुआहारा कार्यक्रमले महिलाको स्वास्थ्य सुधारका लागि नियमित पोषण खुवाउने परामर्श गर्दै आएको थियो । चालू वर्षका लागि भने बजेट छुट्याएर अण्डा वितरण गर्न थालिएको हो ।

स्थानीय स्वास्थ्य चौकी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले यो अभियानमा सघाएका छन् । अहिलेसम्म यो वडाले २७ महिलालाई नियमित अण्डा दिइएको स्वास्थ्यचौकी प्रमुख महेन्द्र शर्माले बताए ।

यो सेवा पाउन थालेपछि सदरमुकामस्थित बागलुङ बजारमा डेरा लिएर बसेका, माइतमा बसेकाहरु पनि अण्डा पाउने आशले नियमित स्वास्थ्य परीक्षणका लागि आएको शर्माले बताए । यो सेवाले गर्भवतीमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरेको स्थानीय भगवती रेग्मीले बताए ।

‘सेवा सुविधा पाउने आसले नियमित परीक्षणमा आएकी हुँ,’उनले भनिन्, ‘स्वास्थ्यकर्मीले हरेक दिन सागपात, गेडागुडी र दूध तथा माछामासु खान पनि सल्लाह दिएका छन् ।’ महिलाको पेटमा गर्भ बसेदेखि शिशु जन्मेको २ वर्षसम्म उचित पोषणको मात्र पुर्‍याउन सकियो भने शिशुको बौद्धिक र शारीरिक क्षमता राम्रो बन्ने शर्माले बताए।

प्रतिक्रिया दिनुहोस