१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारका बन्दीमा मानसिक समस्या

अ+ अ-

ललितपुर । देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ ।

अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताए । अस्पतालको बहिरङ्ग विभाग र अन्तरङ्ग विभाग दुवैतिर कारागारबाट आएका बिरामी आइरहेका छन् । विभिन्न मुद्दामा जेल चलान भएपछि मानसिक रोग लागेका कैदीबन्दी उपचारका लागि यहाँ आउने गरेको उनले बताए ।

देशभरका विभिन्न कारागारका कैदीबन्दीलाई मानसिक रोग लागेपछि कारागार प्रशासनले नख्खु कारागार नै सरुवा गरेर पठाउने गरेको छ । बहिरङ्ग विभागमा दैनिक १० देखि १५ जाँचका लागि आउने र अन्तरङ्ग विभागमा तीन÷चार सम्म कैदीबन्दी भर्ना हुने गरेका छन् । उनले भने, “अहिले नख्खु कारागारभित्रै मानसिक अस्पताल बन्न लागेकाले यो कारागारमा सरुवा भएर आउनेक्रम बढेको छ ।”

अधिकारीका अनुसार कैदीबन्दीमा सबैभन्दा बढी ‘डिप्रेसन’ का बिरामी आउने गरेका छन् । कैदीबन्दीमध्ये कतिमा सामान्य र कतिपयमा कडा खालको मानसिक रोग पाइएको उहाँले बताए । उनका अनुसार परिवारका सदस्यसँगको दूरीका कारणले मानसिक समस्या हुने गरेको छ । उनले भने, “कारागारमा परेपछि परिवारले बेवास्ता गर्ने, भेट्न नआउने हुँदा मानसिक रोग लागेको पाइन्छ ।”

समाजमा मानसिक रोगलाई पनि रोगका रूपमा स्वीकार गरेर उपचार गर्नुपर्छ भन्ने धारणा बन्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको छ । बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका ५० श्ययामा सधैँ बिरामी खचाखच हुने गरेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस