२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्राङ्गारिक कृषि अभियान’ कर्णालीबाट शुरु हुन्छ : मन्त्री खनाल

अ+ अ-

सुर्खेत । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने बताएका छन् । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयको अन्तरक्रियामा कृषिमन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गारिक कृषिमा जोड दिएकाले यसको अभियान पनि कर्णालीबाटै थालिनेमा जोड दिए ।

‘कर्णाली प्रदेशले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक ल्याएको छ,’ उनले भने, ‘अब संघीय सरकारले प्राङ्गारिक कर्णाली प्रदेशका लागि आगामी जेठ १५ गतेको बजेटमा अधिकतम प्राथमिकता दिन्छ ।’ युवालाई रोजगारी सृजना गर्न कृषिमा आधुनिकीकरण गरिने उनको भनाइ थियो ।

राष्ट्रियसभा तथा प्राङ्गारिक कृषि प्रवद्र्धन उच्चस्तरीय कार्यदलका सदस्य डा.बिमला राईले सहकारीका साथै उत्पादनसँग जोडिएका महिलाको समय बचत तथा प्राङ्गारिक कृषिमा सहयोग पुग्ने नीति कर्णाली प्रदेश सरकारले अख्तियार गर्न सुझाइन् । उनले सातै प्रदेशको अन्तरक्रिया तथा छलफलबाट प्राप्त सुझावलाई कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलले तयार गरेको प्रतिवेदनका आधारमा बजेट विनियोजन हुने जनाइन् ।

अन्तरक्रिया कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल शर्माले कृषिलाई व्यवसायीकरण नगरी अर्गानिक प्रदेश निर्माण गर्न चुनौतीपूर्ण हुने कुरा औँल्याए । विपन्नहरुले प्राङ्गारिक खाद्य वस्तु खाइरहेको तर सम्पन्नहरुले नै विषादीयुक्त खाद्यान्न उपभोग गरिरहेको उनले खुलासा गरे ।

प्रदेशसभा सदस्य दानसिं परियारले गरिखानेको नाममा जमीन नभएको तर जमीन भएकाहरुले खेतीयोग्य भूमि बाँझो राखेको आरोप लगाए । उत्पादन र ढुवानीमा किसानलाई अनुदान दिए मात्र किसानबीच प्रतिस्पर्धा हुने र त्यसले प्राङ्गारिक प्रदेश बनाउन टेवा पुग्ने उनको भनाइ थियो ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउन सरकारको पहिलो सङ्कल्प भएको बताइन्। ‘प्राङ्गारिक प्रदेश निर्माणका लागि हामीले आधार तयार गरिरहेका छौँ,’ मन्त्री केसीले भनिन्, ‘नेपालको इतिहासमा पहिलो पटक कर्णालीमा ल्याउन थालिएको यो ऐन मुलुककै लागि मार्गनिर्देशक बन्नेछ ।’

प्रतिक्रिया दिनुहोस