२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षा हासिल गर्न २ सय जेहन्दारलाई छात्रवृत्ति

अ+ अ-

काठमाडौं । पृथक रुपमा सक्षम नवलपरासीका सौगात वाग्ले वित्त विकास विषयमा स्नातक तहको अध्ययन पूरा मार्गप्रशस्त भएकामा दङ्ग छन् ।

काठमाडौँ विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्न उनलाई भारत सरकारले छात्रवृत्ति प्रदान गरेपछि उनको अध्ययनले निरन्तरता पाएको हो । मध्यम वर्गीय परिवारका उनी आफू मात्र नभई आफ्नो भाइ पनि आफूजस्तै आँखाको ज्योति गुमाएको र माता पिताका निम्ति बोझ बनेको ठान्थे तर भारत सरकारले उनमा उत्साह जगाएको छ शैक्षिक वृत्ति प्रदान गरेर । उनी भन्छन् ‘भाइलाई पनि मेहनतका साथ पढ्न उत्प्रेरित गरेको छु, कुनै दिन उसले पनि मजस्तै छात्रवृत्ति पाउने छ ।’

सप्तरीको राजविराजका मोहम्मद जुवेरले पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानमा स्नातकोपाधिका निम्ति भारत सरकारबाटै छात्रवृत्ति पाएका छन् भने सुनसरीको प्रकाशपुरकी सुप्रभा निरौलालाई सोही तहमा कृषि विज्ञान पढ्ने सपना साकार पार्न अध्ययनवृत्ति प्राप्त भएको छ ।

मोटरका कलपूर्जा बेच्ने पसलमा मजदूरी गर्ने प्रतीकरोशन साहका अभिभावक छोराको पढाइएको चिन्ताबाट मुक्त भएका छन् । प्रतीकरोशनले पनि ललितपुर इञ्जिनियरिङ कलेजमा ‘बिइ’ पढ्न छात्रवृत्ति पाएका छन् ।

भारत र नेपालबीच आर्थिक सहयोग प्रारम्भ भएको ५० वर्ष पुगेको अवसरमा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार ५० जना विद्यार्थीलाई उच्च शिक्षाका निम्ति छात्रवृत्ति उपलब्ध १७ वर्षअघि शुरु भएको ‘स्वर्ण महोत्सव छात्रवृत्ति योजना’बाट आज दुई सय जना लाभान्वित भएका छन् ।

चिकित्साशास्त्र, इञ्जिनियरिङ, कृषि, व्यवस्थापन, दन्त चिकित्सालगायत सबै विधामा स्नातकोत्तर र स्नातक तहको शिक्षा नेपालमा नै पूरा गर्न भारतीय राजदूतावासले छात्रवृत्ति प्रदान गरेको हो ।

आज छात्रवृत्ति पाएका नेपालका ५० जिल्लाका गरीब तथा प्रतिभाशाली २ सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा, आठ प्रतिशत पृथक रुपमा सक्षम छन् भने दलित परिवारका सदस्यसमेत छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै उच्च शिक्षा हासिल गरेपछि विदेश पलायन नहुन र आफ्नै देशमा आफूले हासिल गरेको ज्ञान र सीप देशकै निम्ति उपयोग गर्न सुझाए ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ‘स्वर्ण महोत्सव छात्रवृत्ति योजना’बाट हालसम्म २ हजार३ सय ५० विद्यार्थी लाभान्वित भएका बताउँदै उक्त योजनाअन्तर्गत हरेक वर्ष छात्रवृत्तिको ‘कोटा’ १० प्रतिशतले बढाइने जानकारी दिए ।

छात्रवृत्ति पाएका उत्कृष्ट ५ विद्यार्थीले वैदेशिक रोजगारीमा नजाने प्रणमात्र गरेनन् मातृभूमिको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरूले आर्थिक समस्याका कारण पुस्तक, कापी कलमको जोहो गर्न नसकेके दुःखेसो पोखेका थिए । ‘जुत्ता सिलाएर जीवनयापन गर्ने र मेरो भरणपोषणको जिम्मेवारी भएका मेरा निरक्षर माता पिताले मलाई काठमाडौँमा उच्च शिक्षा हासिल गर्न पठाउने कुरा म कल्पना पनि गर्न सक्दिन,’सर्लाहीका एक छात्रले गला अवरुद्ध पार्दै त्यसो भन्दा प्रेक्षालयमा उपस्थित सबै भावुक भएका थिए ।

प्रतिक्रिया दिनुहोस