२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

अ+ अ-

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हुँदा छाउगोठमा सर्पले डसेर ज्यान गयो ।

तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्छिन्, ‘देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छौँ, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो ।’

आफूपनि यसै मरिन्छ की भन्ने डर उनीलाई छ । छाउगोठमा बसेर जीवन बिताउनुपर्ने बाध्यता एकातिर छ भने रजस्वलाको समयमा न पोसिलो खानेकुरा खान पाइन्छ, न त सुरक्षित बास । २०७५ साल असार २२ गते १९ वर्षीय छोरीको मृत्यु भएपछि धिर्जा देवताका नाममा महिलालाई गरिने विभेदका कारण छोरीको मृत्यु भएको बताउछिन् ।

उनी जस्तै गुराँस गाउँपालिका–८ की लालीसरा खड्काले आफू रजस्वला हुन शुरु भएदेखि नै छाउगोठमा बस्दै आएको पीडा सुनाइन् । रजस्वला भएका बेला विगत १५ वर्ष यता छाउगोठमा बस्दै आएको छु ।

उनले छाउगोठमा बस्दा विभिन्न थरिका पीडा भोगेकी छन् । ‘त्यहाँ बस्दा सर्पलगायत अन्य विषालु जीवजन्तुको डर त छदैछ, मध्यरातमा मति बिग्रेका मानिस पनि छिर्नपछि पर्दैनन् ।’उनले भनिन्, ‘छाउ भएका बेला पोसिलो खानेकुरा खानुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ भन्ने थाहा पाएर मात्र के गर्नु आफ्नो अवस्था सोचेजस्तो हुँदैन ।’

भैरवी गाउँपालिकाको–५ मा पर्ने दलित बस्तीमा छाउप्रथा मान्ने कुप्रथा झनै छ । त्यहाँका महिला तथा किशोरी रहरले भन्दा पनि बाध्यताले आफू रजस्वला भएका बेला छाउगोठमा बस्नु परेका बताउँछन् । सोही गाउँकी मनिसा नेपालीले भनिन्, ‘हाम्रो गाउँमा रुढीवादी परम्परा यस्तै छ, घरभित्र बसे आमाबुबाले देवता रिसाउँछन् भन्छिन्, देवताले परिवारमा क्षति पुर्‍याउँछन् भनेर घरभित्र बस्न दिनुहुँदैन्, महिनावारी हुँदा हाम्रो बास गोठ या खुल्ला आकासमुनिको हो ।’

परिवारका अन्य सदस्यको दबाबका कारण पनि आफूहरु चिसो, तातो, सुरक्षित या असुरक्षित जे भए पनि आफूहरु केही नभनि छाउगोठमा बस्नु बाध्यता भएको बताउछिन् । सोही दलित बस्तीकी शान्ति विकले दुखेसो पोख्दै भनिन् ।

“छाउ भएका बेला परिवारका कारण घरमा बस्न पाइदैन्, वर्षाको समयमा त सर्पको साह्रै डर लाग्छ ।’ घरपरिवारका बुढापाकाले महिनावारी हुँदा घरको दलानमा सम्म जान नदिने उनको भनाइ छ ।

चामुण्डा बिन्द्रास नगरपालिकाकै–४ कि २४ वर्षीया लालसरा विकलाई पनि छाउगोठमै जीवन त्याग्नु पर्‍यो । छाउगोठमा बसिरहेका बेला उनको पनि सर्पले टोकेर मृत्यु भएको हो । विगतका वर्षमा पनि छाउगोठमै बसिरहेका बेला दैलेखका धेरै महिलाले ज्यान गुमाएका छन् ।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लाका अधिकांश ग्रामीण बस्तीहरुका महिलाहरु रजस्वला भएको समयमा छाउगोठमै बस्ने गरेको तितो वास्तविकताले समाजलाई जिस्काइरहेको छ । सोहि दलित बस्तीमा करीब ६० घरधुरी बसोबास गरिरहेका छन् ।

बिडम्बना, ति सबै घरमा अलग्गै छाउगोठ छ । सोही गाउँका दलित अगुवा खगेन्द्र नेपालीले समाजमा कुरीति घट्नुका साटो थप बढ्दै गइरहेको बताउछन् । उनी भन्छन्, ‘देउता लाग्ने भन्दै पहिलेदेखि नै छाउ वार्ने गरिएको छ, यसको अन्त्यका लागि भन्दै समाजमा धेरै कार्यक्रम भए तर नामका मात्रै ।’

‘जिल्लाका ग्रामीण बस्तीमा पुगेर गरिएका अभियान लगायतका कार्यक्रमले उपलब्धीमूलक देखाउन सकेन्, पहिले गाउँ जस्तो थियो अहिले पनि त्यस्तै छ, कतिपय घटना अझै चर्चामा आउन सकेका छैनन्’, नेपालीले भने ।

‘छाउ उन्मूलनका लागि सरकारले जनचेतनामूलक सम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ’, उनले भने, ‘त्यस्तो कार्यक्रम स्थानीयवासीको घरदैलोसम्म पुग्नुपर्छ र यसको अनुगमन पनि प्रभावकारी रुपमा हुनुपर्छ ।’