२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीयस्थल बन्दै ‘कृष्णधाम’

अ+ अ-

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ ।

जमीनको सतहदेखि ७२ फुट र पैतलादेखि शिरसम्म ५२ फुटको उक्त श्रीकृष्णको मूर्ति विश्वकै अग्लो दाबी गरिएको छ । पूर्वपश्चिम राजमार्गको छेउमै निर्माण भइरहेको सो मूर्तिलाई पूर्णता दिएर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ५ महीनाअघिदेखि स्थानीयवासीको सक्रियतामा काम भइरहेको मूर्ति निर्माण समितिका अध्यक्ष उमाकान्त उपाध्यायले बताए।

स्थानीयवासीले तारबार गरी संरक्षण गरेको १४ बिघा क्षेत्रफलमा निर्माणाधीन श्रीकृष्णको अग्लो मूर्तिसहित यहाँ गणेश, शिव, विश्वकर्मा, दुर्गाको मन्दिर तथा धर्मशाला पनि छन् । नजिकै स्थानीय आमा समूहले १०८ वरपिपल लगाएका छन् भने वरपर सामुदायिक वन क्षेत्र रहेको छ । मूर्ति निर्माण भइरहेको नजिकैबाट डाकापानी सिमसार क्षेत्रबाट खोल्सा बग्दै आएको छ ।

सुनवलकी समाजसेवी देवी घिमिरेको पहलमा पाँच वर्षअघि शुरु गरिएको मूर्ति निर्माणकार्य एक वर्षअघि रोकिएपछि स्थानीयवासीको सक्रियतामा पुनःनिर्माण गरिएको हो । उक्त खोलालाई व्यवस्थित गरी डुङ्गा सञ्चालन गर्ने, सो स्थानमा बाटीका, सेमिनार हल, खेलकूदका लागि कभर्डहल लगायतका बहुउद्देश्यीय संरचना निर्माण गरी डाकापानी सिमसार क्षेत्रसँगसमेत जोडेर आकर्षक धार्मिक पर्यटन क्षेत्र बनाउने गरी गुरुयोजना बनाएको अध्यक्ष उपाध्यायले बताए ।

आगामी कृष्णाष्टमीसम्ममा पूरा गर्ने लक्ष्यसहित तीव्र रुपमा काम भइरहेको समितिले जनाएको छ । करीब रु एक करोडको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको उक्त मूर्ति निर्माणमा अहिलेसम्म रु ८० लाख खर्च भइसकेको बताइएको छ ।

समाजसेवी घिमिरेले महायज्ञ सञ्चालन गरी त्यहाँबाट उठेको रकमबाट मूर्ति निर्माण थालेका छन् ।  करीब रु ६० लाख खर्चेर आधा काम सके पनि आर्थिक अभावमा निर्माण रोकिएको थियो । अहिले स्थानीयवासीले त्यसलाई पूर्णता दिने सङ्कल्पसहित निर्माणलाई अघि बढाएपछि सहयोग जुट्ने क्रम बढेको छ ।

मूलपानी सामुदायिक वन उपभोक्ता समूहले रु ५ लाख सापटीको रुपमा सहयोग गरेको छ भने चालु आर्थिक वर्षमा सुनवल नगरपालिकाले पनि उक्त कृष्णधाममा पर्यटन पूर्वाधार विकासका लागि भन्दै रु दश लाख विनियोजन गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

स्थानीयवासीले गएको रामनवमीमा मेला सञ्चालन गरी करीब २ लाख सङ्कलन गरेका थिए भने स्थानीय आमा समूह र मौरीपालन समूहले पनि आर्थिक सहयोग गरेको निर्माण समितिले जनाएको छ ।

निर्माणाधिन मूर्तिको ५०० मिटर पश्चिम उत्तरमा एउटा कुण्ड (दह) समेत रहेको र उक्त कुण्डमा दामोदर स्वरुपको श्रीकृष्णले स्नान गरेको किम्बदन्ती स्थानीय माझ प्रचलित छ । उक्त कुण्ड नजिकको गाउँको नामसमेत दामोदार कुण्ड रहन गएको बताइन्छ ।

उक्त स्थान भगवान श्रीकृष्णको दामोदर स्वरुपसँग सम्बन्धित भएका कारणनै भगवान श्रीकृष्णको दामोदरस्वरुपको मूर्ति निर्माण गर्न लागेको स्थानीय दामोदर कुण्ड निवासी दुर्गा गुरुङले बताए ।

भारतका कालिगढले निर्माण गरिरहेको उक्त मूर्ति रहेको क्षेत्र बुटवलदेखि १८ किलोमिटर पूर्वमा पूर्व–पश्चिम राजमार्गको उत्तर तर्फ छ । राजमार्गको छेउमै रहेका कारण लुम्बिनी र पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लागि सो स्थान पवित्र धार्मिकस्थल सावित हुने स्थानीयवासीको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस