३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्ट सरकार राष्ट्र घातमा उद्दत भयो : नेता महर

अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस युवा नेता नैनसिंह महरले सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधि संकास्पद र राष्ट्र घाती भएको बताए छन्।

मंगलबार बिहान राजधानीमा आयोजित एक सभालाई सम्बोधन गर्दै नेता महरले राउतलाई राजनीतिक मूलधारमा ल्याएको जस्तो देखाएर मधेशमा दीर्घकालीन रूपमा एउटा शक्तिको विकास गर्ने र मधेशलाई काश्मीर बनाउने एजेण्डामा काम भइरहेको जस्तो देखिएको भन्दै चिन्ता ब्यक्त गरे। सरकार राष्ट्रिय अखण्डताको पक्षमा उभिनुपर्नेमा विखण्डनकारीको पक्षमा उभिएको जस्तो देखिएको छु, नेता महरले भने, जुन कुरा कुनै पनि स्वाभीमानी नेपाली लाई स्वीकार्य हुन सक्दैन, कम्युनिस्ट राष्ट्रियताको भण्डाफोर गर्नु आम नेपालीको कर्तव्य बनेको छ।

अदालतको निर्णय आउनु भन्दा केही दिन अगाडी नै सरकार र सिकोको हस्ताक्षर कार्यक्रम तय हुनुबाट स्वयम् अदालत र सरकारको सेटिग भएजस्तो देखिएको भन्दै नेता महरले आपत्ति जनाए। उनले अदालतले पनि सरकारको दवावमा छ सरकारको छाया जस्तो बनेर काम गरिरहेको बताए। महरले सरकार र राउतबीचको सहभति पछि उनीहरुको मत बाझिने गरेकाले पनि गम्भिर आशंका उब्जाको बताए।

सहमतिपश्चात राउत पक्षधरले जनकपुरमा स्वतन्त्र मधेशका पक्षमा गरेको प्रदर्शनले सरकार र राउत पक्षधरबीच भएको सहमतिमा अन्यौलता सिर्जना गरेको नेता महरको ठहर छ। राउतको समर्थनमा जनकपुरमा गरिएको तामझाम र लगाइएका नाराले मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सृजना भएको उनले बताए ।

बहुमतको बलमा सरकारको रबैया निकै बढेको र उक्त रबैया कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए। समयमै नसच्चिए कम्युनिष्ट मुलुकबाट नै पतन हुने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस