राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : डा भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : डा भट्टराई


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए ।

राजविराज विमानस्थलमा सोमबार पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए ।

उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे। संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तालाई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस