कञ्चनपुरमा अज्ञात समूहद्धारा डोजरमा आगजानी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा अज्ञात समूहद्धारा डोजरमा आगजानी


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ ।

क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ ।

घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको, मजदूरको श्रम शोषण गरेको र इनक्लाब जिन्दावादलगायतका कुरा उल्लेख भएको पर्चा बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले पर्चामा उल्लेख भएअनुसारको कुनै पनि कार्य उद्योगमा नगरिएको बताए ।

‘उद्योग मापदण्डअनुसार सञ्चालन भएको छ’, उनले भने, ‘कुनै पनि मजदूरको श्रम शोषण गरेका छैनौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले आगजनी गर्ने समूहको खोजी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस