२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार नियन्त्रणमा सञ्चारकर्मीको सहयोगी भूमिका आवश्यक

अ+ अ-

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चारकर्मी एक अर्काका सहयोगी भएर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

आयोगले आजदेखि शुरु गरेको तीनदिने खोज पत्रकारिता तालीमको शुरुआत गर्दै आयोगका आयुक्त डा गणेशराज जोशीले भ्रष्टाचार र अनियमितताको नियन्त्रणका लागि आयोग र सञ्चारकर्मी एक अर्काका परिपूरक हुनुपर्ने बताए ।

उनले भ्रष्टाचार राष्ट्रिय चिन्ताको विषय भएकाले अनुसन्धानको दायरा फराकिलो बनाउन र सही एवम् तथ्यपूर्ण सूचना प्रवाहका लागि सञ्चारकर्मीसमेत उत्तिकै जिम्मेवार बन्नुपर्ने आयुक्त डा.जोशीको भनाइ थियो ।

सरकारले आर्थिक समृद्धिको विषयलाई आफ्नो प्रमुख कार्यसूचीमा राखेको सन्दर्भमा त्यसलाई प्राप्त गर्नसमेत सरकारी निकायहरु इमान्दार हुनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालले आयोगका हरेक गतिविधिलाई सञ्चारमाध्यमले उचित प्राथमिकतामा राखेको भन्दै आगामी दिन थप नयाँ आयामको खोजी गर्दै थप सहजीकरण गरिने बताए ।

नियमितभन्दा पनि विषयवस्तुको गहिराइलाई बुझेर सार्थक सूचना सम्प्रेषण होओस् भन्नेमा आयोग सधैँ प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सरोकार भएका सबैको उत्तिकै प्रयत्न आवश्यक रहेको बताए ।

आयोगले भ्रष्टाचारको विषयमा के कसरी सञ्चार सामग्री उत्पादन गर्ने र भ्रष्टाचार र बेथितिका विषयलाई के कसरी प्रकाशनमा ल्याउने भन्नेबारेमा विषय विज्ञबाट जानकारी गराउने उद्देश्यका साथ तालीम शुरु गरेको र यसलाई नियमित रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस