वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट


प्रशासन विशेष ब्युरो

२४ फाल्गुन २०७५, शुक्रबार


विस्फोट

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष आरोहण गुरुङको घरमा विस्फोट भएको छ ।

शुक्रवार साँझ राजधानीको वसुन्धरास्थित व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको आगलागी हुँदा तीन तले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्यान्ड क्रुजर गाडी पनि जलेको छ।

विस्फोटपछिको आगलागीमा दुई जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् । घाइतेहरूलाई चिरायु अस्पताल पुर्‍याइएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको हुनसक्ने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस