२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिवश र यथार्थता

अ+ अ-

सत्य युगमा नारी शक्ति
महान् थियो, सक्षम थियो।
जब समयको चक्र सँगै
नियमका फेरा र घेराहरू
बेरिँदै आए कोरिँदै आए
सामाजिक लिङ्गभेदले
ती युगका सोचहरू बदल्दियो।

पुरुष समान शास्त्रार्थमा
नारी पनि सामेल थिए।
गार्गी, मैत्रेयी जस्ता विदुषी,
समयले द्रौपदी, सीता जन्मायो।
कहाँ कमी थियो र शासन सत्तामा
राजेन्द्रलक्ष्मी, बृषभानुदेबिहरुको।

पृथ्वीको ध्रुवमा पुग्नेदेखि
चन्द्र तल, सगरमाथाको उचाइ नाप्ने
चेपेमा सहस्र स्तन धारा बगाई
मातृत्व जोगाउनेदेखि विज्ञान प्रविधिको
नयाँ आविष्कार देखाउने
कहाँ पुगेका छैनन् नारी,
कहाँ कमी छ नारीहरूको।

तर पनि समयले विभेद रचिराछ
तिनै नारी सुरक्षाको अभावमा
रोजीरोटीको अभावमा बाध्यतामा
आत्मा बेचिरहेछन्, इच्छा मारिरहेछन्।
कतै भाग्यको कसौंडीमा बाफिएर त
कतै नाताको चक्रव्यूहमा रुमल्लिएर।
कतै चारदिवारी बनेर त कतै बेसहारा बनेर।

कानुनी अधिकाहरु सही ठाउँमा
पुग्न सकेका छैनन्, पुगे पनि
बुझ्नेकै हालिमुहाली छ,
सक्नेकै रजाइँ रचिएको छ,
कतै चन्दननाथको वरदानको विश्वासमा त
कतै मेलौली, छाउपडी कोआडमा
आफूलाई जिताउदैछन् बिताउदैछन् नारीहरू।।

समानताको नारा रचेर मात्र के गर्नु
शोषण छदैछ, हेराइको
शोषण छदैछ, ओहदाको शोषण
छदैछ,उच्च ओहदाका नारी पनि
आफूलाई शोषणरहित भन्न सकिरहेका छैनन्।
शोषणको स्वरूप फेरियो अन्त भा छैन।

आशा गर्छु आजको दिनले जान अन्जानमा
देख अन्देखमा भएका यी सब अप्ठ्यारा र विरोधाभासहरूको
अन्त्य गर्न सकोस्,
सबै क्षेत्रमा नारीहरू निर्धक्क र
आत्मसम्मान पूर्वक आफ्नो सहभागिता र
निर्णायक उपस्थिति जनाउन सकुन्
सारा विभेदहरूको अन्त्य होओस् ।।
१०९औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।