मख्खनगल्लीमा आगलागी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मख्खनगल्लीमा आगलागी


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ ।

मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उनले जानकारी दिए ।

आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो । सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको बताइएको छ ।

आगलागी भएको क्षेत्रमा ग्यास स्टोरसमेत रहेको र केही ग्याससमेत पड्किएको स्थानीयवासीले बताएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीका कारण अहिलेसम्म खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस