१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार महिनादेखि तलब पाएनन् आठ स्थानीय तहका स्वास्थ्यकर्मीले

अ+ अ-

खलङ्गा । जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे ।

गाउँपालिकाअन्तर्गत पर्ने पाँच स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारी गरी करीब २८ कार्यरत रहेका छन् । उनीहरु सबैले मङ्सिरदेखि तलबभत्ता नपाएको उनको भनाइ छ । मङ्सिरदेखि तलब नपाउँदा समस्या भएकोे स्वास्थ्य सहसंयोजक गणेश शाहीले बताए । ऋण निकालेर खर्च चलाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । “चार महीनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला”, शाहीले भने, “चार महीना भइसक्यो, कसरी काम गर्ने, हाम्रो घरव्यवहार चलाउनु पर्दैन ?” धेरै पटक गुहार्दा पनि तलब नपाएको उनको भनाइ छ ।

रारालिही स्वास्थ्यचौकीका इञ्चार्ज दिनेश चौधरीका अनुसार मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता छ । उनले भने, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” स्वास्थ्यकर्मीले चार महीनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले चाँडो तलबभत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

यता गाउँपालिकाका लेखापाल मुनप्रसाद खत्रीका अनुसार रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) बाटै निकासा नभएका कारण स्वास्थ्यकर्मीले तलबभत्ता खान नपाएको बताए । रकम फुकुवाका लागि पहल गरेको उनको भनाइ छ । कोलेनिका जुम्लाका निमित्त प्रमुख भक्त महतले सम्बन्धित मन्त्रालयबाटै रकम नआएका कारण जुम्लाका सबै स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको बताए । मन्त्रलायले रकम निकासाको लागि परिपत्र गर्ने बित्तिकै आठ वटै स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले तलबभत्ता पाउने महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस