प्रदेश सचिवको खटन पटन सम्बन्धित मन्त्रालयबाटै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश सचिवको खटन पटन सम्बन्धित मन्त्रालयबाटै


प्रशासन विशेष ब्युरो

२२ फाल्गुन २०७५, बुधबार


समायोजन

काठमाडौँ । प्रदेश मन्त्रालयका सचिवको खटन पटन सम्बन्धित सेवा/समूहका मन्त्रालयबाटै गर्ने निर्णय भएको छ ।

बुधबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट उक्त व्यवस्था गरिएको हो ।

प्रदेशको दरवन्दी नभएसम्म प्रदेश सचिव नेपाल सरकारले खटाउने व्यवस्था भए बमोजिम सम्बन्धित मन्त्रालयले नै खटाउने गरी नीतिगत निर्णय भएको सामान्य प्रशासन स्रोतले प्रशासनलाई बतायो ।

यसअघि सम्बन्धित मन्त्रालयलाई सोधेर सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदै आएकोमा अब सम्बनिधत सेवा/समूहका मन्त्रालयले सिधै प्रस्ताव लैजान सक्नेछन् ।

त्यसैगरी प्रदेशमा समायोजन भएका सम्पूर्ण कर्मचारीहरुलाई प्रदेश सरकारले नै खटन पटन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस