१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

अ+ अ-

कैलाली । माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कैलालीको धनगढीमा मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

उक्त अवसरमा गृहमन्त्री थापाले हाल मुलुकमा कानुन निर्माणको क्रममा रहेको चर्चा गर्दै हालसम्मका समस्यालाई निर्मूल गर्ने र राष्ट्रिय हितमा कुनै असर नपर्ने गरी कानुनमानै समावेश गरिने बताए ।

आर्थिक अपराधी, संघीयता, संविधान तथा राष्ट्रिय अखण्डता विरोधी, समाजिक अपराधी, विकास निर्माणमा वाधा पुर्‍याउने लगायत चोरी तस्करी गर्ने जस्ता आपराधिक तत्वलाई निस्तेज पार्ने जिम्मेवारी सुरक्षा निकायको भएकोले त्यही अनुसार काम गरी राष्ट्रलाई विकास र समृद्धिको बाटोमा अगाडि वढाई नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल भन्ने राष्ट्रिय संकल्पलाई सफल पार्न गृहमन्त्री थापाले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महत्वपूर्ण र विशेष भूमिका निर्वाह गर्न गोष्ठीले भूमिका निभाउने चर्चा गर्दै गोष्ठीमा भएको छलफल, अन्तरक्रिया, प्रस्तुतीकरण सबैका लागि फलदायी हुने विचार व्यक्त गरे । गोष्ठीका उपलव्धीलाई सदुपयोग गरी सबै सुरक्षा निकायका अङ्गहरू देश निर्माणमा जुटनुपर्नेमा उनले जोड दिए ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यस्थापन लगायतका कार्य सँगैसँगै सुशासनमा पनि सुरक्षा निकायहरू सुझवुझका साथ आफ्नो तर्फबाट जुटनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गोष्ठीका निष्कर्षले यसबारे नीति निर्माण तथा तल्लो तहसम्म साझा धारणा बनाउन सहज हुने बताए ।

अपराध अनुसन्धान सम्वन्धी महत्वपूर्ण तथ्यगत प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक खनालले कर्तव्य ज्यान, जबरजस्ती करणी, अपरहण, लागूऔषध, हातहतियार, मावन बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण तथा अभियुक्त पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान चलाएको बताए ।

यसका लागि सबै सुरक्षा निकायले समान धारणा बनाई सक्रियता बढाउनुपर्नेमा उनले जोड दिए । समाजका कुनै पनि गतिविधिमा सुरक्षा निकायले ध्यान केन्द्रीत गरे नागरिकले सुख पाउने धारणा समेत उनले व्यक्त गरे ।

गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती र त्यसका समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुबेदी, गृह मन्त्रालय विपद व्यवस्थापन महाशाखा प्रमुख ईन्दु घिमिरे, सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरु, उक्त प्रदेश अन्तर्गतका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस