हातहतियार मुद्दामा कैद र जरिवना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हातहतियार मुद्दामा कैद र जरिवना


प्रशासन संवाददाता

२२ फाल्गुन २०७५, बुधबार


भोजपुर । जिल्ला अदालत भोजपुरले हात हतियार खरखजना मुद्दामा एक युवकलाई ६ महीना कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ८ बासिखोराका ३१ वर्षीय प्रविण राईलाई छ महीना कैद र १५ हजार जरिवानको फैसला गरेको हो ।

प्रहरीले राईलाई गत पुस ९ गते बाँदर तर्साउनका लागि घरमा राखेको बन्दुकसहित पक्राउ गरेको थियो । राईलाई प्रहरी जवान सञ्जीवकुमार राईको जाहेरीले पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस