हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो


प्रशासन संवाददाता

२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ ।

यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो ।

ताप्लेजुङको अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ ।

सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सातको निधन भएको थियो । तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा खराम मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस