२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व छलिमा संलग्न दुई आरोपीमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर

अ+ अ-

ललितपुर । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छलिमा संलग्न मुख्य दुई आरोपीमाथि रु एक अर्ब ७५ करोड बिगो कायम गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

विभागले उक्त नक्कली बिल बिजक बिक्री गरेको आरोपमा जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ समेत गरेको छ । उनीहरुले बिक्री गरेका नक्कली बिजकका कारण भएको राजश्वबापतको रु एक अर्ब ७५ करोड बिगो दाबी गरिएको छ । नक्कली बिल बिजकमा संलग्न २४ फर्ममाथि समेत कारबाही गरिएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले विभागमा आयोजित पत्रकार सम्मेलनमा बिल बिजक बेचेरै मुख्य प्रतिवादीहरुले काठमाडौँको मुख्य स्थानमा घर बनाएको बताए । उनले भने, ‘फर्महरुका कारण कूल कारोबारको ३८ प्रतिशतसम्म राजश्व छलि भएको छ जसमा भ्याट बापतको १३ प्रतिशत र आयकर बापतको २५ प्रतिशत मात्र समावेश छ, तर भन्सारसमेत छलेको भए राजश्व हिनामिनाको अङ्क अझ ठूलो हुनसक्छ ।’

उनका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा कामदारको नाममा कम्पनी दर्ता गर्ने, आन्तरिक राजश्व कार्यालयबाट भ्याट दर्ता गर्ने र अर्को दिन बैंकमा खाता खोल्ने गरेको अनुसन्धानबाट खुलेको छ । मुख्य आरोपी जयकिशोर र परमेश्वरले कम्पनी खोलेसँगै लगत्तै प्रिन्टिङ प्रेसबाट भ्याट बिल छाप्ने र बजारमा बिक्री गर्ने गरेको खुलेको बताइएको छ ।

उक्त बिलहरु साना फर्महरुदेखि आपूर्तिकर्ता, निर्माण व्यवसायी, अर्को कम्पनीलगायतलाई बिक्री गरिने गरेको जनाइएको छ । यस्ता बिलको सहायताबाट फर्महरुले प्रत्यक्ष रुपमा मूल्य अभिवृद्धि कर र आयकर छल्न सहयोग पुगेको उनले बताए ।

निम्नस्तरका मजदुरहरुलाई आर्थिक प्रलोभनमा पारी तिनीहरुको नाममा फर्म कम्पनी खोल्ने गरेको पनि अनुसन्धानबाट थाहा लागेको विभागको भनाइ छ । विभागका अनुसार, फर्मको खाता सञ्चालन तिनै मजदुर वा नक्कली बिलको कारोबार गर्ने व्यक्तिले आफूलाई कर्मचारीको रुपमा प्रस्तुत गरी दुवै जनाको दस्तखत कार्ड पेश गर्ने र कुनै एक जनाको दस्तखतबाट बैंक कारोबार गर्ने गरेको पाइयो ।

विभागका महानिर्देशक मैनालीले भने, ‘अनुसन्धानबाट यसको व्यापकता र विकराल रुपमा कर छलिको गम्भीर अवस्था छ भन्नेमा विभाग पुगेको छ ।’विभागले सो प्रकरणका मुख्य दोषी परमेश्वरलाई गत माघ ३ गते र जयकिशोरलाई गत माघ ४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस