३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले चिनेका रबिन्द्र !

अ+ अ-

हिजो काम सकाएर सोसल मिडियामा घुम्दै गर्दा एक अकल्पनीय घटनाले मन भतभती पोल्यो । जब टुइटर र फेसबुक लगायतका मिडियामा रफ्तारले बारेमा समाचार सेयर भै रहे । एमालेको त्यो झलझलाउँदो ९ महिने सरकारको प्रधानमन्त्री पनि तेस्तै दुर्घटनामा परेको समाचार सुनेको मैले कुनै मिराकल फेरि हुन्छ कि भनेर सोची रहेँ ! अर्का अधिकारी पनि पहिले कै झैं भाग्यमानी हुन्छन कि भनेर भगवान पुकारी रहें ! सत्य तेस्तो थिएन, भएन ! आखिर जे नसोचेको थिएँ तेहि भयो ! एक होनहार युवा जसले देश, राजनीति र देशको अर्थतन्त्रलाई भित्री रुपमा चिनेको र चिरफार गर्न सक्ने थियो देशले गुमायो ।

आफु अर्थशास्त्रको विद्यार्थीको नाताले मैले रबिन्द्र दाइलाई फगत एक नेता भन्दा पनि असल अर्थबिदको रुपमा मैले चिनें । उनी कुनै सोध गरेर पिएचडी गरेका फिलोसफर थिएनन तर नेपाली अर्थतन्त्रलाई नजिकैबाट बुझेका एक अग्र्यानिक अर्थ विस्लेषक र चिन्तक थिए । उनले नेपाली अर्थ र राजनीतिलाई साह्रै सरल र गहिरो तरिकाले बुझेका थिए । केही असल पढेका र बुझेका नेतामा पर्ने एक युवा नेता थिए उनी ।

आफूले सुने, बुझेका आर्थिक र सामाजिक कुरा देखि आफ्नो विद्यार्थी जीवन र राजनीति प्रष्ट देखेका रबिन्द्रले एक किताब पनि लेखेका रहेछन् ‘समृद्ध नेपाल’ । मैले सोसल मिडियाबाट जानकारी पाएँ पछि पढेको थिएँ । उनको किताब पढे पछि उनलाई नेता भन्दा पनि एक असल विज्ञको रुपमा पाएँ । उनको किताबमा गरिएका बिश्लेषण, योजना र उपायहरु मात्रै पनि अबलम्बन गर्ने हो भने म जस्तै हजारौं युवा विदेश पलायन हुन पर्दैन ।

‘हुन त नेताले भन्छन, गर्दैनन भन्ने धेरै सुनिन्छ। रबिन्द्र केही गर्छु भन्ने सोचका थिए भन्ने कुरा उनका पछिल्ला विकास निर्माणका गतिविधिले प्रष्ट हुन्छन ।’

मेलम्ची देखि तामाकोसी, पृथ्वीराजमार्ग स्तर उन्नतिमा भएका ढिलासुस्ती देखेको हाम्रो पुस्ताले रबिन्द्रको अग्रसरतामा रफ्तारले बनेका भैरहवा विमानस्थल, पोखरा विमानस्थल, निजगढ विमानस्थलको मुआब्जा, बिराटनगर विमानस्थलको मुआब्जा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका सुधार, कयौं विमानस्थलमा शुरु गरिएका रात्रीकालिन सेवा बिस्तार आदिबाटै प्रष्ट हुन्छ ।

को हुन रबिन्द्र अधिकारी उनको संक्षिप्त जीवनी यस्तो छ ।
पिताः– इन्द्र प्रसाद अधिकारी
माताः– लक्ष्मीदेवी अधिकारीको
जन्म मितिः– बि.स. २०२६ साल बैशाख २२ गते
जन्मस्थानः– कास्की भरतपोखरी गाबिस–९ जामुनाबोटमा
श्रीमतीः– बिद्या भट्टराइ (तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययनः– ब्यवस्थापनमा स्नातकोत्तर
सन्तानः– दुई छोरा

विद्यार्थी राजनीति
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश,
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ,
३. विद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय,
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष,
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन,
६. २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य,
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य,
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित,
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित,
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित,
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रिय अध्यक्ष,

विद्यार्थी आन्दोलनमा उल्लेख्यः
१३. शिक्षामा भएको निजीकरण र ब्यापारीकरण विरुद्ध लामो संघर्ष
१४. प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ
१५. वहुचर्चित कालापानी मार्चको नेतृत्व
१६. सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध
१४.शाहज्यादा पारस शाहको ज्यादती विरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व
१५. यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई,

राजनीतिक यात्रः
१.२०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय,
२.पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन,
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत,

प्रतिक्रिया दिनुहोस