३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाकल सामग्री बेचेर आम्दानी

अ+ अ-

बर्दिवास । यसपालिको महाशिवरात्रि पर्वमा महोत्तरी जिल्लाका शिवालयमा भण्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक/एक भाटा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । पर्वविशेषमा भगवान शिवलाई भाकलको भण्टाभार चढाउने श्रद्धालुको सङ्ख्या निकै हुने र भाकल सामग्रीमा खासै मोलमोलाइ नहुने भएपछि किसानले भण्टाभारबाट राम्रो आम्दानी गरेका हुन् ।

जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित श्री सिद्धनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा सोमबार भण्टाको भार बेचेर १० हजार बढी आम्दानी गरेको सोही नपाको रामनगर बस्तीका किसान चन्देश्वर राय दनुवारको भनाइ छ । भारमा दुई भण्टा र एउटा बाँसको कप्टेरो भएपुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्रि पर्वको मध्याह्नसम्ममै १२ हजारको भण्टाभार बिक्री गरिएको सोही बस्तीका अर्का किसान रामपूजन महतोले बताए । मेलामा एउटा भण्टाको भार धार्मिक विश्वास र भाकलको महत्वले २०/२५ सम्म बिक्री भएको किसानको भनाइ छ ।

भाकल सामग्रीमा श्रद्धालुले खास मोलमोलाइ नगरेपछि किसानलाइ भारबाट राम्रो आम्दानी भएको हो । सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता लगातार भण्टाको भार बेच्दै आएका भङ्गाहा–४ का किसान सत्यनारायण यादव यो पर्व आफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने उपयुक्त अवसर रहँदै आएको बताउँछन् ।

सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रिका दिन चर्मरोगीले रोग निको होस् भन्दै अघिल्लो वर्ष भण्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्षेनी पर्वमा भण्टाभारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो आर्जन गर्ने अवसर रहँदै आएको भण्टा उत्पादक किसानको भनाइ छ । जिउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भण्टा खान नहुने स्वास्थ्यकर्मीले सुझाउने गरेका छन् । पर्वका दिन यसलाई त्याग्ने सङ्कल्प गरेर रोग निको होस् भन्ने भाकल गरेपछि आफ्नो जिउ चिलाउने समस्या हराएको सिद्धनाथ मन्दिरमा भाकल चढाउन आएकी जिल्लाकै बलवा नगरपालिकाको बनौटा बस्तीकी ५५ वर्षीया जगतारणदेवीले बताइन् ।

पर्वका अवसरमा लाग्ने मेलामा भारबाहेक आफ्ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् । मेलामा खासगरी मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा–४ कै अर्का किसान रामबहादुर ठाकुरको भनाइ छ ।

यसैगरी महाशिवरात्रि पर्वको अवसरमा बेलपत्र, धतुरोको फूल र फल बेचेर गरीब परिवारका किशोरकिशोरीले राम्रो आम्दानी गरेका छन् । भगवान शिवको प्रिय वस्तु मानिने बेलपत्र, धतुरोको फूल र फल शिवालयमा बेचेर यसपालिको महाशिवरात्रि पर्वमा १५ हजार कमाएको जलेश्वरनाथ मन्दिर अगाडि भेटिएकी एकडारा गाउँपालिकाको भटौलियाकी २० वर्षीया किशोरी रामसखी मण्डलले बताइन् ।

पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुरोको पूmल र फल बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् । बेलपत्र, धतुरोको फूल र फलमा पूँजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्लो तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पानवती सादाको भनाइ छ ।

जिल्लामा खासगरी गरीब समुदायबीच महाशिवरात्रि पर्व आफ्नो पूँजी नलगाएरै केही आर्जन गर्न भण्टाभार, बेलपत्र, धतुरोको फल र फूल बेच्ने काम खास महत्वको हुने गरेको छ । भण्टाको भार बनाउन कप्टेरा र भण्टामा थोरै पूँजी लागे पनि बेलपत्र, धतुरोको फूल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरीबलाई महाशिवरात्रि पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यी सामग्री बेच्न राख्नेहरुको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस