‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । अखिल नेपाल फटबल संघ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ ।

बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ ।

पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि दुबै समूहको शीर्ष २ स्थानमा रहँदै सातदोबाटो युथ क्लब, श्री भगवती युथ क्लब, टुसाल युथ क्लब र आरसिटी क्लब अन्तिम चरणमा पुग्न सफल भएका थिए ।

अन्तिम चरणमा चार क्लबबीच कूल छ खेल हुनेछ । पहिलो दिन आज सातदोबाटो युथ क्लब र श्री भगवती युथ क्लब तथा दोस्रो खेल टुसाल युथ क्लब र आरसिटी क्लब खेल हुनेछ ।

यस्तै फागुन १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो र आरसिटीबीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ ।

छ खेलपछि सबैभन्दा धेरै अङ्क जोड्ने क्लब च्याम्पियन हुनेछ । गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गरेका थिए ।

लिगको विजेताले रु ८ लाख पाउने छ । उपविजेताले रु ५ लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

‘ए’ डिभिजन लिग गरेलगत्तै एन्फाले ‘बी’ डिभिजन फुटबल लिग आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस