२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटै उद्योगका १९३ किसानको चिया बगान प्राङ्गारिक

अ+ अ-

इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागि परेका छन् ।

प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् ।

यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका १९३ किसानले आफ्नो चिया उद्योग प्राङ्गारिक प्रमाणीकरण गरेका छन् । रासायनिक विषादी प्रयोग गर्न छाडे पनि प्रमाणपत्र नलिएका ती किसानले चिया बिक्री बढाउन सो प्रक्रियामा लागेका हुन् ।

उद्योगका सञ्चालक सोम शर्माका अनुसार तीनजुरेका २४५ किसानमध्ये १९३ ले चियाको प्रमाणीकरण गरेसँगै अन्य किसानले पनि प्रक्रिया शुरु गरेका छन् । ‘प्रमाणीकरण गर्दा चियाको गुणस्तरसमेत बढ्ने भएकाले यहाँका धेरै किसानले यो प्रक्रिया शुरु गरेका हुन्’, शर्माले भने ।

अन्तर्राष्ट्रिय बजारमा चिया बिक्री गर्नकै लागि जिल्लाका १२ सहकारी उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिइसकेका छन् ।

जिल्लामा तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी सहकारी संस्था, ग्रीनहिल चिया सहकारी संस्था, हिमालय साङ्ग्रिला, पाथीभरा चिया उद्योग, अर्थोडक्स चिया उद्योग, दाजुभाइ चिया उद्योग, मिस्टम्याली उद्योग, गोरखा टी स्टेट, इलामेली चिया सहकारी संस्था र इको चिया सहकारी संस्थाले मात्र सो प्रमाणपत्र प्राप्त गरेका हुन् ।

जिल्लाका ८५ उद्योगमध्ये अन्य उद्योग पनि प्राङ्गारिकको प्रक्रियामा रहेको जनाइएको छ । केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दाहालका अनुसार प्राङ्गारिक प्रमाणपत्र लिनका लागि तीन वर्ष लाग्ने र रु नौ लाखसम्म बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस