प्रधानमन्त्रीले ओढाए मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

प्रधानमन्त्रीले ओढाए मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा


१७ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरे ।

राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस