२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : सातैजनाको सामूहिक श्रद्धाञ्जली टुँडिखेलमा शुरु

अ+ अ-

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ ।

बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।

श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । मन्त्री अधिकारीलाई गृह जिल्ला कास्कीमा लगेर अन्त्यष्टि गर्ने तयारी गरिएको छ । आफन्त तथा पोखरेलीको आग्रहअनुसार मन्त्री अधिकारीको शव कास्की लैजान लागिएको हो ।

बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस