२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गौरीगाउँ’लाई पर्यटनको केन्द्र बनाइँदै

अ+ अ-

लमही । दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको तुलसीपुर उपमहानगरपालिका–१० को गौरीगाउँ ताललाई पर्यटनको केन्द्र बनाउन थालिएको छ । एकै स्थानमा सात ताल रहे पनि प्रचारप्रसारमा ओझेलमा परेको भन्दै उक्त ताललाई पर्यटनको केन्द्र बनाउन शुरु गरिएको हो ।

करीब आठ बिघा क्षेत्रमा फैलिएको सो क्षेत्रलाई थप आकर्षण बनाउन पहिलो चरणमा तालको बीच भागमा मन्दिर निर्माण गर्न लागिएको ताल संरक्षण समितिका अध्यक्ष झग्गुप्रसाद बुढाथोकीले जानकारी दिए । ‘आठ बिघा क्षेत्रफलमा एकै स्थानमा सात ताल छन्, यी ताल पर्यटकका लागि आकर्षण बन्न सक्छन्’ उनले भने, ‘तर पनि प्रचारप्रसार अभावले ओझेलमा छ, त्यसैले यसलाई पर्यटनको केन्द्र बनाउन मन्दिर निर्माण गर्न लागेका छौँ ।’

दाङमै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको एकै ठाउँमा ७ ताल रहेको भन्दै यसलाई जिल्लाकै उत्कृष्ट पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने उनको विश्वास छ । तुलसीपुर बजारदेखि नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्नसक्ने उनले बताए ।’विकट क्षेत्रका स–साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्’, उनले भने, ‘बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ ।’

अहिले तालको बीचमा करीब रु एक करोडको लागतमा शिव मन्दिर निर्माण कार्य जारी रहेको मन्दिर निर्माण समितिका अध्यक्ष तथा ताल संरक्षण समितिका सल्लाहकार दानबहादुर खड्काले बताए । उनका अनुसार निर्माणको काम करीब अन्तिम चरणमा पुगेको छ ।

मन्दिरलाई यही फागुन २० गते महाशिवरात्रिको दिन उद्घाटन तथा मूर्तिको अनावरण गरिनेछ । तुलसीपुर–१० गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको बीचमा निर्माण गर्न लागिएको मन्दिरमा ५ मूर्ति राख्न लागिएको समेत उनले बताए । उनका अनुसार शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँच मूर्ति राखिने भएको छ । साथै मन्दिरमा पुग्न करीब ४५ मिटरको पुल पनि निर्माण भइरहेको छ ।

वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । यी सातै ताललाई एउटै खण्ड बनाउने र डुङ्गा सञ्चालन गर्नेसमेत योजना रहेको अध्यक्ष बुढाथोकीले बताए । त्यसका लागि आवश्यक पानीका लागि बोरिङ खन्ने तयारी रहेको समेत बताए ।

वर्षात्को पानी जम्मा भएर वर्षभरि नै नसक्ने भएपछि ती तालमा माछापालन पनि गर्ने गरिएको अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार विभिन्न प्रजातिका माछापालन गरेर वार्षिक रु ५ लाख आम्दानी गर्ने गरिएको छ । ‘अहिले हामीले माछापालन पनि गरिरहेका छौँ’ उनले भने ‘वार्षिक रु ५ लाखमा ठेक्का दिएका छौँ ।’ अहिले नैनी, रहु, कमनकार, सिल्भरकार, वैखालगायत प्रजातिका माछापालन गर्ने गरिएको उनको भनाइ छ । वार्षिक करीब १० क्विन्टल जति माछा उत्पादन हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस