२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीको जावा क्षेत्रलाई पर्यटकीय गन्तव्य बन्दै

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ जावामा रहेको पर्यटकीय क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याउन राम्रो गन्तव्यका रुपमा विकास गर्न काम शुरु भएको छ ।

सरावल–२ जावामा रहेको पर्यटकीय क्षेत्रलाई एकीकृतरुपमा पर्यटनको राम्रो गन्तव्यका रुपमा विकास गर्ने काम थालिएको हो । सो क्षेत्रमा ऐतिहासिक ताल, विश्वकै लोपोन्मुख दाबी गरिएको कोलवृक्ष (रुख), कोटही मन्दिर र ऐतिहासिक कुवा (इनार) रहेका छन् ।

करीब पाँच बिघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक तालमा विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा तथा दुर्लभ जलचरको बसोबास रहेका छन् । प्राकृतिक रुपमा सौन्दर्य भएको सो तालमा १२ औँ महीना पानी सुक्दैन् । परापूर्व कालदेखि सो तालमा हासम्म पनि पानी नसुकेको स्थानीयवासीको दाबी छ ।

धार्मिक किम्वदन्तीअनुसार स्थानीयस्तरमा कुनै पनि व्यक्तिको विवाह गर्नुपरेमा सो तालमा विधिपूर्वक पूजाअर्चना गरेमा विवाहलाई आवश्यक पर्ने सबै गरगहना, भाडाकुँडालगायत सबै आवश्यक मालसामान स्वतः वाहिर निस्किएर प्राप्त हुने गर्दथ्यो । सो सामान प्राप्त गरी विवाह सम्पन्न भएपछि पुनः सो सामान तालमा लगेर फर्काउनुपर्ने विधि थियो तर एकजना व्यक्तिले सो सामान फिर्ता नगरेपछि त्यो प्रक्रिया लोप भएको धार्मिक किम्वदन्ती रहेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी बताउछन् ।

यसैगरी यस स्थलमा रहेको अर्को महत्वपूर्ण विषयवस्तु हो विश्वकै लोपोन्मुख दाबी गरिएको कोलवृक्ष (रुख) । विश्वकै लोपोन्मुख यो प्रजातिको रुख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष वुद्धकालीन युगमा जडीबुटीको रुपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख रहेको छ ।

बौद्धकालीन युगमा राजाराम भन्ने राजालाई कुष्ठरोग लागेर देश निकाला गरिएको थियो । त्यति बेला राजाले यही कोलवृक्ष मुनि विश्राम गरेर त्यही वृक्ष पातको लेप शरीरभरि लगाउने र यसको फल खाने गरेर कुष्ठरोग निको भएको हुनाले भगवान गौतमबुद्धले ठाउँठाउँमा शिविर राखेर छालासम्बन्धी रोगको उपचार तथा कुष्ठरोगको समेत उपचार गरेर रोगलाई निको पारेको धार्मिक कम्वदन्ती छ ।

कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर भगवान् गौतमबुद्धसँग सम्बन्धित रहेको भन्ने दाबी गरिएको छ । यसअगावै यस स्थलको इँटा, कोलवृक्षको नमूनालगायतका वस्तु लुम्बिनी विकास कोषले लगिसकेको पाइन्छ ।

यसैगरी कोटही मन्दिरसमेत यही स्थानमा सुरक्षित छ । ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व भएको कोटही मन्दिरलाई यहाँका स्थानीयवासी परापूर्वकालदेखि कुलदेउताको रुपमा मान्दै आएका छन् । मन्दिरको आफ्नै महत्वपूर्ण धार्मिक विश्वास रहिआएको छ । मन्दिर परिसरमै ऐतिहासिक कुवासमेत रहेको छ । कुवाको समेत ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व छ ।

समग्ररुपमा ऐतिहासिक जावा ताल, विश्वकै लोपोन्मुख वृक्ष कोलवृक्ष, कोटही मन्दिर र ऐतिहासिक कुवा भएको हुनाले यहाँ पर्यटकीय क्षेत्र को ठूलो सम्भावना रहेको छ ।

पर्यटकीय क्षेत्रको उच्च सम्भावना रहेको यस क्षेत्रको विकासका लागि दृघकालिन गुरुयोजना बनाएर पर्यटकीय हब बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए । कोटही मन्दिर क्षेत्र, कोलवृक्ष, कुवालगायतका क्षेत्र करीब २ हजार ५०० मिटर क्षेत्रफलमा फैलिएको छ । यसबाहेक करीब पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको पाइन्छ ।

कोलवृक्ष नजिक विश्राम गरेर त्यसको पातको लेप शरीरभरि लगाउने र यसको फल खाँदा कुष्ठरोग निको हुने जनविश्वास रहेको स्थानीयवासी देवराज चौधरीले बताए । अब यस क्षेत्रमा पिकनिक स्पोर्टदेखि विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा तथा दुर्लभ जलचरको अकलोकन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न स्थानीय तह लागिपरेको वडा नं २ का वडाध्यक्ष शम्भुप्रसाद चौधरीले जानकारी दिए ।

कोटही मन्दिर स्थानीवासीले कुलदेउताको रुपमा पूजाअर्चना गर्दै आएकाले यसको आफ्नै महत्व रहेको स्थानीयवासी राजाराम यादव बताउछन् । यी सबै क्षेत्रलाई एकीकृत रुपमा विकास गर्नसके बाह्य पर्यटकलाई विशेष आकर्षणको रुपमा भित्र्याउन सकिने अवस्था रहेको वडा नं २ का वडासदस्य नरेन्द्र चौधरी बताउछन् ।

प्रतिक्रिया दिनुहोस