काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई क्रोएसियाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उनीलाई नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजेलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।







