२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति खोज्दै लुम्बिनीमा

अ+ अ-

रुपन्देही । म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउछन्। बुद्ध जन्मस्थल आउँदा उनलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ ।

म्यान्मास्थित मोगोकमा जन्मिएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली छन् । उनका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सरेका थिए तर उनलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । ‘म बर्मामा भए पनि बुद्धको देश सधैँ मेरो मनमा हुन्छ’, उनी भन्छन्, ‘हरेक वर्ष नेपाल नआई मनले मान्दैन ।’

लुम्बिनी नजिकै पर्ने शङ्करनगरको सुख शान्ति विहार र परियत्ति विहारमा उनी विभिन्न धार्मिक गतिविधि सञ्चालन गरी बुद्ध दर्शनको प्रचार गर्छन् । ‘बुद्ध जन्मिएको देश भएर पनि नेपालमा बुद्धका अनुयायीको कमी हुँदा उनीलाई दुख लाग्छ ।

‘मैले बर्माको मोगोकबाट आएर आठ वर्षदेखि निरन्तर बौद्ध जागरण अभियान चलाएको छु’, भिक्षु भन्छन्, ‘पहिलोपटक आउँदा मेरो प्रवचन सुन्ने कोही हुँदैनथे, अहिले त उपासक उपासिका आउछन्, थोेरै व्यक्तिलाई भए पनि बुद्धको शिक्षा बुझाउन पाउँदा खुशी छु, लुम्बिनीलाई बुद्ध जन्मस्थल भनेर प्रचार गर्न अब जरुरी छैन बरु बुद्ध शिक्षाको प्रचार गरौँ ।’

म्यान्माकै याङ्गुनबाट लुम्बिनी आएका भिक्षु चन्द्रश्रीलाई पनि लुम्बिनी अत्यन्तै मन पर्छ । याङगुनमा नेपाल गोर्खा विहार बनाएर त्यसैको संरक्षण गर्दै आएका भिक्षु चन्द्रश्री हरेक वर्ष लुम्बिनी आउछन् । उनी लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान बस्ने, प्रार्थना गर्ने र विभिन्न विहारका आध्यात्मिक गतिविधिमा सहभागी हुने गर्छन् । ‘लुम्बिनी जस्तो पवित्र तीर्थस्थल संसारमा शायदै होला’, उनको भनाइ छ ।

गौतमबुद्धले महापरिनिर्वाणको बेला आफ्नो जन्मस्थल लुम्बिनी एक पटक सबैले घुम्नुपर्ने पवित्र तीर्थस्थलका रुपमा व्याख्या गरेका थिए । जसका कारण आफूजस्ता लाखौँ भिक्षु वर्षेनी लुम्बिनी आउन आतुर रहेको उनको सन्देश छ ।

भिक्षुहरु मात्रै होइन म्यान्माबाट सयौँ बौद्धमार्गी बुद्ध जन्मस्थल खोज्दै नेपाल आउने गरेका छन् । उनीहरु महीनौँसम्म लुम्बिनी बस्ने र बौद्ध दर्शनको प्रचारका गतिविधि गर्ने गर्दछन् । मोगोककै उपासिका राधिका तिवारी पनि हरेक वर्ष लुम्बिनी आउछन् ।

विगत १५ दिनदेखि उनले लुम्बिनी नजिकै सुख शान्ति विहारमा आयोजित आध्यात्मिक कार्यक्रममा सहभागी भएर श्रद्धालुको सेवा गरिरेका छन् । ‘लुम्बिनीजस्तो पवित्रस्थलमा आएर बौद्ध अनुयायी तथा भिक्षुको सेवा गर्न पाउनु हाम्रा लागि ठूलो पुण्यको विषय हो’, उनको भनाइ छ ।

लुम्बिनी क्षेत्रमा बौद्ध धर्मका गतिविधि सञ्चालन गर्ने, बौद्ध अनुयायीको सङ्ख्या अभिवृद्धि गर्ने र विहार तथा ध्यान केन्द्रको निर्माण गर्ने अभियानमा म्यान्माका हजारौँ बौद्धमार्गी सहभागी छन् । विगत १५ दिनदेखि १५० भन्दा बढी अनुयायी लुम्बिनी क्षेत्रमा बसेर बौद्ध जागरण अभियान सञ्चालन गरिरहेका छन् । म्यान्मामा सङ्कलन गरेको दान दौलत ल्याएर लुम्बिनी क्षेत्रका बौद्ध गतिविधिमा सदुपयोग गर्ने गरेको उनीहरुको भनाइ छ ।

वर्षेनी लुम्बिनी आउँदा नेपालप्रति उनीहरु दुईवटा गुनासो गर्न भने बिर्सिदैनन् । एउटा हो, मन्दिरमा हुने पशुबलि रोक्न नसक्नु र अर्को बुद्धको देश भएर पनि नेपालमा अहिलेसम्म बुद्ध शासनका लागि आवाज उठाउन नसक्नु । यस कुराले आफूहरुलाई दुःख लाग्ने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस