५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप एशिया छनोट : अन्तिम खेल कुवेतसँग

अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड र युएई गरी तीन टोलीले ग्लोबल छनोटका लागि दावी पेश गरिरहेका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र नभई नेपालका लागि थाइल्याण्ड र यूएईबीच हुने खेलको नतिजासमेत आफूअनुकूल आउनुपर्नेछ ।

पाँच खेलमा शतप्रतिशत जितसहित १० अङ्क जोडेको थाइल्याण्ड शीर्षस्थानमा छ । पाँच खेलमा चार जित निकाल्दै युएई अङ्क तालीकाको दोस्रो स्थानमा छ ।

त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन, थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ । अन्तिम खेलमा थाइल्याण्डले युएइसँग प्रतिस्पर्धा गर्दैछ । युएईविरुद्धको खेल थाइल्याण्डले जितेमा आयोजक ग्लोबल छनोटमा पुग्नेछ । थाइल्याण्ड पराजित भएमा नेपाल, थाइल्याण्ड र यूएइमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार टस हारेर शुरुआती ब्याटिङको निम्तो पाएको नेपालले कुवेतविरुद्ध निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११६ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस