२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल फोटो पत्रकार महासंघ प्रदेश संयोजकमा राम सर्राफ सर्वसम्मत चयन

अ+ अ-

जनकपुर । नेपाल फोटो पत्रकार महासंघको प्रदेश नम्बर २ को संयोजकमा फोटो पत्रकार राम सर्राफ चयन भएका छन् । आज जनकपुरमा भएको महासंघको प्रदेशस्तरीय भेलाले सर्राफलाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

प्रदेश नम्बर २ का भौतिक योजना तथा यातायात विकासमन्त्री जितेन्द्र सोनल, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आले, पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दीपेन्द्र चौहानलगायतको सहभागिता रहेको घोषणासभामा सर्राफ सर्वसम्मत चयन भएको जानकारी दिइएको हो । सर्राफले यसअघि फोटो पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।

संयोजकमा चयन भएपछि संयोजक सर्राफले फोटो पत्रकारहरुको पेशागत हकहितका लागि आफू सधैं लागिपर्ने बताए । फोटो पत्रकाहरुको पेशगत चुनौती समाधान र प्रवर्द्धनका लागि सरोकारका निकाय र पक्षसित अधिकतम पहल र प्रयास गर्ने प्रतिबद्धता उनले जनाए ।

सहसंयोजकमा फोटो पत्रकार पंकज श्रेष्ठ चयन भएका छन् । सचिवमा फणि महत, सहसचिवमा गणेश साह, कोषाध्यक्षामा दिवाकर भण्डारी र सदस्यमा श्रवण थापालगायत चयन भएका छन् । पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मन्त्री सोनलले कार्यकाल सफलताको कामना गरे ।