२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्णको सौन्दर्य पोखरामा

अ+ अ-

पोखरा । टलक्क टल्किएका हिमाल, हिमालसँगै सजिएका बस्ती, हरिया वनजङ्गल, अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने प्रकृतिका विविधता यतिखेर महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा कलामा सजिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा यही फागुन ५ देखि ७ गतेसम्म अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका पोथना, ठूलाखर्क र धम्पुसमा गरिएको संरक्षण चित्रकला यात्रा २०७५ मा तयार गरिएका कलालाई ग्यालरीमा प्रदर्शनीमा राखिएको हो ।

कार्यक्रम संयोजक रमेश श्रेष्ठका अनुसार प्रदर्शनीमा दुर्गा बराल (वात्स्यायन), गोपाल श्रेष्ठ, आलोक गुरुङ, रमेश श्रेष्ठ, जीवन राजोपाध्याय, भीम शर्मा, सुन्दर लामा, रीक गुरुङ, मनोज तामाङ, विश्व केसी, थमनसिंह सुनार, गोपाल दराई, महादेव शाही, देवेन्द्र गुरुङ, ज्योति गुरुङ, एलिता गुरुङ, आकाश गुरुङ, सुमन गुरुङ, सुशान्त थापामगर र विजय गुरुङका विभिन्न ३२ वटा कला राखिएका छन् ।

‘अन्नपूर्ण क्षेत्र आफैँमा विश्वका मानिसलाई लोभ्याउने अनुपम स्थान हो,’ कार्यक्रम संयोजक श्रेष्ठले भने, ‘यहाँको सौन्दर्यले जो कोहीलाई लोभ्याउँछ नै, कला सिर्जनामा रमाउनेका लागि पनि यो क्षेत्र उत्तिकै आकर्षक गन्तव्य बनेको छ ।’

यही फागुन १२ गतेदेखि शुरु प्रदर्शनी १८ गतेसम्म चल्नेछ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको सिक्लेसमा २०४९ सालमा पहिलो पटक कलाकार दुर्गा बराल (वात्स्यायन), गोपाल श्रेष्ठ, यादवचन्द्र भुर्तेल, रमेश श्रेष्ठलगायतका कलाकारको उपस्थितिमा कलायात्रा सम्पन्न भएसँगै त्यसयता विभिन्न कलाप्रेमीले व्यक्तिगतरूपमा समेत अन्नपूर्णका विभिन्न स्थानमा पुगी त्यहाँका मनोरम दृश्यलाई कलामा उतारेका छन् ।

पछिल्लो समयमा व्यक्तिगतरूपमा समेत वर्षेनी कलाकार अन्नपूर्ण क्षेत्र पुगी कलासाधना गर्ने गरेको श्रेष्ठले जानकारी दिए । संरक्षण कलायात्राको कार्यक्रमसँगै यस क्षेत्रमा प्रकृतिको संरक्षणमा सचेतनासमेत बढेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका पूर्व प्रमुख श्रेष्ठले जानकारी गराए ।

संरक्षण चित्रकला यात्राले स्थानीयवासीमा सचेतना जगाउनुका साथै दीगो पर्यटनको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण चेतना विस्तारका लागि सञ्चालन गरेको संरक्षण कला प्रदर्शनीले समाजमा महत्वपूर्ण प्रभाव पार्ने गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

‘गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको क्षेत्र हो,’उनले भने, ‘यस प्रदेशलाई कला र संस्कृतिको विशिष्ट सङ्ग्रहालयका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना छन् ।’

प्रदर्शनीकै अवसर पारी संरक्षण चित्रकला यात्रा विसं २०४९ देखि शुरु गर्दाका बखतबाटै निरन्तर कला साधनाको माध्यमबाट योगदान पु¥याउनु भई नयाँ पुस्तालाई पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेका वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन)लाई सम्मान गरिएको श्रेष्ठले जानकारी दिए।

आयोजनाका कर्मचारी समसबहादुर थापाका अनुसार प्रदर्शनी शुरु भएयता दैनिक कलाप्रेमी पोखरा आर्ट ग्यालरीमा आएर कलामा रमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस