२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका किसान तरकारीको मूल्य तोक्न सरकारसँग माग

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानले आफूहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको भन्दै सरकारले नै मूल्य तोक्नुपर्ने माग गरेका छन् ।

नगरपालिकाका–७ श्रीरामपाटीका किसान बद्रीप्रसाद ढुङ्गानाले किसानले उत्पादन गरेको तरकारीको भाउ नपाएर बाटोमा फालिरहँदा समेत राज्य मौन रहेको बताए । स्थानीय सरकारले सहुलियत दरमा कृषि औजारको समेत व्यवस्था नगरेको उनको भनाइ छ ।

विसं २०६५ देखि निरन्तर १३२ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका ढुङ्गाना सुलभ ब्याजमा ऋण, किसानले सिधै कृषि संस्थानबाट मल लिन पाउनुपर्नेलगायतका विषयमा सरकारले व्यवस्था गर्नुपर्ने बताउछन् । उनको खेतमा अहिले १० रोपनी जतिमा बन्दा, काउली १५ रोपनी र आलु ८० रोपनीमा खेती गरिरहेको बताए ।

सरकारले आफ्नो लगानी नपरेको कारण किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा वास्ता नगरेको किसानको भनाइ छ । पाँचखाल नगरपालिका–१२ नागबेलीका किसान इन्द्रप्रसाद भेटवालले आफूले फलाएको बन्दा प्रतिकिलो ? तीन/चारमा बिक्री गर्नुपरेको बताए ।

उनले भने,’ठेकेदार आउँछन् भाउ नै छैन भन्दै सस्तोमा उठाएर लैजान्छन् ।’ तरकारी खेती गरेर लगानीसमेत नउठ्ने अवस्थामा रहेको उनको भनाइ छ । ‘सरकारले यो तरकारीको मूल्य यति हो भनेर तोकिदिए कमसेकम चित्त बुझ्दो त हुन्थ्यो’ उनले भने, ‘किन्दाखेरी महँगो तिर्नुपर्छ, उत्पादन गर्दा भाउ नै पाउँदैन ।’

लगानी गरेर उत्पादन गरेको तरकारीले भाउ नपाएपछि खेर फाल्नुभन्दा जति आए पनि बिक्री गर्नै परेकाले व्यापारीकै मूल्यमा बेच्न बाध्य भएको उनको भनाइ छ । सोही ठाउँका अर्का किसान माधव उप्रेतीले तरकारीको भाउ नै टुङ्गो नभएकाले उनीहरुले जतिमा भन्यो त्यतिमा नै पठाउनुपर्ने बाध्यता भएको बताए ।

बीचका दलालले तलमाथि गर्न नसक्ने गरी सरकारले मूल्य तोकिदिए सबैको लागि समान खालको मूल्य हुने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ । नगरपालिकाका प्रमुख महेश खरेलले भने किसानको उत्पादनमा सहयोग गर्ने गरी काम गरिरहेको बताए ।

नगरपालिकाले अहिले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन आलु’ कार्यक्रमसँग समन्वय गरी तरकारी सङ्कलन केन्द्र खोल्दैछौँ, त्यसको लागि प्रक्रिया अगाडि बढिसकेको छ” खरेलले भने, ‘सङ्कलन केन्द्रको स्थापना भएपछि किसानको समस्याको समाधान केही भए पनि हल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस