२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन विकासका लागि रु ५२ लाख बजेट विनियोजन

अ+ अ-

हेटौँडा । मकवानपुर कैलाश गााउँपालिका–२ स्थित वैकुण्ठलाई पर्यटकीय क्षेत्रका रुपमा विकास, विस्तार एवं संरक्षण गर्न रु ५२ लाख ३० हजार बजेट विनियोजन गरी विभिन्न संरचना निर्माण कार्य शुरु भएको छ ।

बजेट विनियोजनसँगै कैलाश वैकुण्ठ पर्यटन विकासका लागि डिपिआरदेखि तामाङ सङ्ग्रहालय निर्माणलगायतका काम शुरु गरेको बताइएको छ । वैकुण्ठबाट कैलाश गाउँपलिकाको सम्पूर्ण वडाको अवलोकन गर्न सकिन्छ भने एतिहासिक विष्णु कुण्ड गुफालाई पनि अवलोकन गर्न सकिन्छ ।

सो गाउँपालिकाको अध्यक्ष टङ्क मुक्तानका अनुसार कैलाश वैकुण्ड पर्यटन विकासको डिपिआर, तामाङ सङ्ग्रहालय र विष्णु कुण्ड प्रतिक्षालय निर्माण तथा रानीपोखरीको पर्यटन विकासको डिपिआर निर्माणको कार्य पनि शुरु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाबाट करीब तीन घण्टाको दूरीमा कैलाश वैकुण्ठ पुग्ने बताइन्छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको वैकुण्ठमा धादिङ, चितवन तथा काठमाडौँलगायतका पर्यटक आउने वातावरण रहेको कैलाश–२ का राम घिसिङले बताए ।

यसैबीच पर्यटकको सुविधाका लागि वैकुण्ठमा स्थानीयवासीको सहयोग र लागानीमा करीब दुई दर्जन घरवास निर्माण शुरु गरिएको गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले भन्नुभयो । त्यस्तै कैलाश गाउँपालिका– ६ गल्छीमा बुद्धको मूर्ति पनि स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस