सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ जनाले सेवा लिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ जनाले सेवा लिए


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


भीमदत्तनगर ।  कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् ।
अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिए ।
नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित सो केन्द्रमा केही समयअघि आवश्यक औषधिको अभाव रहे पनि हाल उपचारका लागि कुनै पनि समस्या नरहेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रकुमार कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस