वीरगंजका वडा कार्यालय अब अपांगमैत्री बन्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरगंजका वडा कार्यालय अब अपांगमैत्री बन्दै


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


वीरगंज । वीरगंज–१८ भवानीपुरमा आज महानगरका मेयर विजयकुमार सरावगीले नमुना वडा कार्यालय भवनको शिलान्यास गरेका छन् ।

वीरगंज महानगरपालिकाले लामो आयु सम्म टिक्ने नमुना वडा कार्यालयको भवन निर्माणको कार्य शुरु गरेको उनले बताए ।

बलियो अधार र वीरगंजको विकासको लागि ५० वर्ष सम्म टिक्ने भौतिक संरचना बनाउने महानगरको रणनीति तथा लक्ष्य रहेकोले यो कार्यमा अघि बढेको उनले जनता समक्ष आफना भाषणमा बताएका थिए ।

उनले जग बलियो तथा आधुनिक वैज्ञानिक किसिमको भए सबै सेवाग्राहीलाई सहज सुविधा दिन सकिने भएकोले करिब १ करोड ५ लाखको बजेटमा उक्त भवन डेढवर्ष भित्र निर्माण सकिने प्रतिबद्धता जनाएका छन् ।

शुरुमा १ करोड ४६ लाख अनुमाननित बजेट भए तापनि राष्ट्रिय प्रतिस्पर्धाबाट ईबिडिगबाट निर्माण कम्पनी छनौट भएर काम शुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

लो बिडिगको कारण ठेकेदारलाई १ करोड ५ लाखमा ठेक्कापरेको थियो । उनले भने,५/१०वर्षको लागि मात्र भौतिक पूर्वाधार बनाउने होइन,५० वर्ष चल्ने भवन आधुनिक र बैज्ञानिक बन्ने छन् ।यसमा विजुलीभर्‍यागदेखि ,उचित पार्किग,टोकेन प्रणालीबाट वडाबाटसेवा लिन सक्ने किसिमको पूर्वाधार निर्माण हुने छ ।

वडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीयजनप्रतिनिििध तथागाउँवासीको व्यापाक उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस