सरकारले विकासको लहर शुरु गरिसक्यो : नेता खनाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले विकासको लहर शुरु गरिसक्यो : नेता खनाल


प्रशासन संवाददाता

१३ फाल्गुन २०७५, सोमबार


इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताएका छन् ।

आज माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले विकास निर्माणको काम गर्न शुरु गरेको उल्लेख गरे । उनले मुलुक अहिले समृद्धिको दिशामा उन्मुख भइसकेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यकर्ताले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अबका दिनमा चुनावी कार्ययोजनाअनुरुप नै पार्टी र सरकार अघि बढ्ने बताए ।

‘मैले चुनाबी घोषणापत्रअनुसार नै काम गर्ने योजना बनाइएको छ,’ खनालले भने, ‘पाँच वर्षमा विकासको काम तीव्र गतिले हुन्छ ।’

कार्यक्रममा प्रदेश नं १ प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा र राम रानाले समेत बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस