२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पसका लागि एक करोड २९ लाख सङ्कलन

अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि सञ्चालन गरिएको ‘प्रथम बलेवा महोत्सव’मा रु एक करोड २९ लाख सङ्कलन भएको छ ।

स्थानीय नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासको लक्ष्यसहित आयोजना गरिएको उक्त महोत्सव विविध कार्यक्रमसहित आइतबार सकिएको छ । बलेवा क्षेत्रको प्रचारप्रसार गरी क्याम्पसको शैक्षिक उन्नयनका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको थियो ।

लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक भरत पौडेलले बताए । महोत्सवको अन्तिम दिन आइतबार रु ५० लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

सबैभन्दा बढी रकम बलेवाका स्व धनबहादुर घर्ती क्षत्रीको परिवारले रु २५ लाख ५१ हजार, स्व चन्द्रकुमारी घर्ती क्षत्रीका छोरा–बुहारी गङ्गाबहादुर घर्ती क्षत्री र डम्मरकुमारी घर्ती क्षेत्रीले रु २५ लाख ५१ हजार तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष एवं ग्लोबल आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले रु १५ लाख सहयोग प्रदान गरेको महोत्सव मूल आयोजक समितिका सचिव नारायण श्रेष्ठले जानकारी दिए ।

महोत्सवको शुरुआतमै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडलले आफ्ना बुबा भिमनाथ पौडेलकोे स्मृतिमा रु १० लाख सहयोग गरेका थिए ।

बलेवा क्षेत्रका शिक्षाप्रेमी, विभिन्न व्यक्ति तथा संस्थाबाट क्याम्पसको शैक्षिक विकासका लागि प्राप्त भएको रकमले अक्षयकोषको स्थापना गर्दा क्याम्पस सञ्चालनमा सहज हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार जिसीले बताए। ‘अक्षयकोषबाट प्राप्त वार्षिक ब्याजले क्याम्पस चलाउँछौँ’, उनले भने । ।

प्रतिक्रिया दिनुहोस