२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार नपाएर अदुवा किसान हैरान

अ+ अ-

बेझाड, पाल्पा । अदुवा उत्पादनमा पाल्पा अग्रणी जिल्ला मानिन्छ । ग्रामीण भेगका धेरै कृषकको गुजारा चलाउने उत्पादन अदुवा नै हो । वर्षेनी जिल्लामा ठूलो परिमाणमा अदुवा उत्पादन त हुन्छ तर, बेच्न बजार छैन ।

बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतमै निर्भर रहनुपर्ने अवस्था छ । जिल्लामा अदुवा प्रशोधन केन्द्र छैन । यसले गर्दा पनि अदुवा उत्पादन हुने बेला भएपछि वर्षेनी कृषकलाई भारतीय बजार नै पर्खनुपर्ने अवस्था छ ।

पछिल्लो ५ वर्षयता भारतले नगदे बालीको रुपमा रहेको अदुवा खरिदमा आलटाल गर्दै आएका कारण पाल्पाली अदुवा व्यवसायी र कृषक मारमा छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोत नै अदुवा हो ।

निस्दी गाउँपालिका–५ गल्धाका अगुवा कृषक तेजन सुनारीले वर्षेनी ४०० धार्नीसम्म अदुवा उत्पादन गर्छन् । अदुवाबाट पहिले उनको घरखर्च राम्रैसँग धानिएको थियो तर, तीन वर्ष यता उत्पादित अदुवा बिक्री नभएर उनी चिन्तितछन् ।

‘गतवर्ष अदुवाको बजार थिएन, बारीमै कुहाएर राख्नुपर्‍यो, अहिले फेरि थोरै मूल्य बढेको छ, त्यो पनि बिक्री गर्न भारतकै भर पर्दा निकै झण्झट भएको छ,’उनले भने । सुनारीले २ वर्ष अगाडि उत्पादन गरेको अदुवा बिक्री नभएपछि सुठो बनाए । त्यो सुठो पनि बिक्री नभएपछि मेहनत जति सबै माटोमै खेर गएको उनी गुनासो गर्छन् । ‘अहिले ३०० धार्नी भन्दा बढी अदुवा उत्पादन हुँदैछ तर, बिक्रीकै समस्या देख्दैछु,’ उनले भने ।

अर्का कृषक टोपबहादुर रानाको अवस्था पनि सुनारीको जस्तै छ । अदुवा बिक्री गरेर परिवार पाल्दै आएका यहाँका कृषकहरु ३ वर्ष यता बजार नपाएर छटपटिमा छन् । व्यापारीले कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनतअनुसारको भाउ कृषकले नपाएका हुन् ।

जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवा खेती गर्ने गरिएको छ । भारतीय बजारलाई लक्ष्य गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दैआएका छन् । यहाँ छ हजार ८०० जति कृषक अदुवा व्यवसायमा आबद्ध रहेको बताइन्छ ।

यहाँ वर्षेनी १२ हजारदेखि १३ हजार मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गर्छ । त्यसमध्ये ५ हजारदेखि ६ हजार मेट्रिक टन अदुवा भारतीय बजारमै बिक्री हुने गरेको जिल्ला अदुवा व्यवसायी संघ पाल्पाका व्यवस्थापक भेषराज तिमिल्सिना बताउछन् ।

अदुवाको मूल्य लागत अनुसार अत्यन्तै न्यून छ । त्यो पनि भारतले खरिद गर्न आलटाल गर्दा कृषकलाई लागत नउठ्ने गरी नै बिक्री गर्नुपर्ने बाध्यता छ । कतिपयले त अदुवाको मूल्य सुनेपछि बारीमै कुहाएर पठाउँछन् । अहिले बजारमा प्रतिकिलो अदुवाको मूल्य ५५ देखि ६० रुपैयाँ छ ।

भारतमा उत्पादन घट्दा पाल्पाका अदुवा खरिद गर्ने र त्यहाँ उत्पादन बढ्दा खरिद नगर्ने परिपाटीले यहाँका कृषक मारमा पर्ने गरेको जिल्ला अदुवा व्यवसायी संघ पाल्पाका अध्यक्ष कृष्ण जिसी बताउछन् । ‘सरकारबाट अदुवाको निश्चित मूल्य नतोकिनु, जिल्लामै प्रशोधन केन्द्र सञ्चालनमा नल्याइनु जस्ता कारण कृषकले वर्षेनी बजारको ठूलो समस्या भोग्नुपर्छ,’ उनले भने ।

नेपाल सरकारले अदुवाको न्यूनतम मूल्य तोक्न नसक्दा पनि अदुवा बिक्रीमा समस्या देखापरेको व्यवसायीहरु बताउँछन् । मूल्यमा वर्षेनी हुने उतारचढावले कृषकलाई ठूलो नोक्सानीमा पारेको छ । पाल्पामा उत्पादन भएको अदुवा जिल्ला अदुवा उत्पादक संघ पाल्पामार्फत भारत निर्यात हुने गर्छ ।

भारतले विभिन्न बहाना बनाएर अदुवा खरिदमा बेला बेलामा आनाकानी गर्ने गरिआएको छ । यसवर्ष करीव ५ मेट्रिक टन जति भारतीय बजारमा अदुवा निर्यात भइसकेको भए पनि मूल्य भने सन्तोषजनक छैन ।

निस्दी गाउँपालिका–४ मित्यालका अगुवा कृषक सन्तवीर सुनारीले अदुवा खेती निरन्तर रुपमा गर्दै आएका छन् ।  पछिल्ला वर्षहरुमा अदुवा बिकाउनै समस्या भएको उनको अनुभव छ ।

‘पहिला पहिला बजारमा सजिलै बिक्री हुन्थ्यो, हिजोआज अदुवा बिक्री गर्नै समस्या छ,’ सुनारीले भने। उनी ३ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्छन् । गत वर्ष पनि अदुवा बिक्री नभएपछि बारीमै कुहाउन उनी बाध्य भए ।

सुनारीले भने – ‘एक पुरिया चाउचाउको मूल्य पनि नपर्ने भएपछि अदुवा बेच्नुको के अर्थ भयो रु बरु आफ्नै बारीमै कुहेर जाओस् ।’ गतवर्ष मूल्य नआएपछि यसवर्ष कम मात्रै अदुवा लगाइएको बताउर्दै उनी अहिले थोरै भए पनि मूल्य बढेकामा केही आशावादी देखिन्छन् । अस्थिर मूल्यका कारण व्यवसाय नै धरापमा पर्दै गएको उनको ठम्याइ छ ।

सोही ठाउँकै रानबहादुर गाहाले जान्नेबुझ्ने भएदेखि नै अदुवा खेतीमा संलग्न छन् तर, लागत अनुसारको मूल्य नपाउँदा बारीमै अदुवा कुहाउने बाहेक विकल्प नभएको तीतो अनुभव उनीसँग छ । लागत नै उठाउन नसकेका कारण गाउँ गाउँमा अहिले अदुवा उत्पादन गर्ने कृषक कम हुँदै गएका छन् ।

कतिपय अदुवा कृषकले अरु नै पेशामा हात हालेको गाहा बताउछन् । मित्याल क्षेत्रमा करीव १०० जना कृषक अदुवा खेतीमा आबद्ध छन् । अदुवा व्यवसाय अस्थिर र चुनौतीपूर्ण रहेकाले सरकारले एउटा नीति बनाएर बजार व्यवस्थापन गरिदिनु पर्ने कृषकको माग छ ।

सरकारले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीेको प्रवर्वधन गर्दैआएको छ । जिल्लाका गल्धा, सहलकोट, बाकामलाङ्ग, भैरवस्थान, पालुङ्गमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्गी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ ।

जिल्लामा उत्पादन भएका अदुवालाई जिल्लामै प्रशोधन गरी खपतका लागि अन्यत्र पठाउन तानसेन नगरपालिका–८ चुच्चोबारीमा बनाइएको भवन प्रयोगविहीन अवस्थामा छ । प्रशोधन गर्ने उपकरण जडान हुन नसक्दा २ वर्ष अगाडि जुन उद्देश्य लिएर भवन बनाइएको हो, सोही अनुसार भवन प्रयोगमा आउन सकेन ।

सरकारको राष्ट्रिय मसला बालीमार्फत रु ३२ लाख सहयोग र स्थानीय बासिन्दाको श्रमदानसहित रु ४० लाखको लागतमा भवन निर्माण गरिएको हो । यो केन्द्र व्यवस्थित रुपमा सञ्चालन भइदिए वर्षेनी बारीमै अदुवा कुहाउनुपर्ने समस्याबाट कृषक मुक्त हुन्थे ।

प्रतिक्रिया दिनुहोस