१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाइवे ट्रमा घुम्ती अस्पताल’ सञ्चालन हुँदै

अ+ अ-

पोखरा । गण्डकी प्रदेशले आफ्नो प्रदेशअन्तर्गतको मुख्य राजमार्गमा सडक दुर्घटनाको तत्काल उपचार सेवा प्रदान गर्न तीन जिल्लाका तीन अस्पताललाई ‘हाइवे ट्रमा घुम्ती अस्पताल’ का रूपमा विकसित गर्ने भएको छ ।

स्वास्थ्य संस्थामा दमौली अस्पताल तनहुँ, प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा र तिलार स्वास्थ्य केन्द्र डिमुवा पर्वत रहेका छन् । ती स्वास्थ्य संस्थालाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न सामाजिक विकास मन्त्रालयले यस चालु वर्षमा हरेक अस्पताललाई रु ५०÷५० लाखका दरले रु एक करोड ५० लाख रकम विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले राससलाई जानकारी दिए।

अस्पतालले अत्याधुनिक एम्बुलेन्स पनि सञ्चालन गर्नेछन् । सूचना अधिकृत शर्माका अनुसार सडक दुर्घटनामा परेकाको तत्काल उपचार गर्न एम्बुलेन्सभित्र अनिवार्य एमबिबिएस उत्तीर्ण चिकित्सक, नर्स तथा एक जना स्वास्थ्यर्मी औषधि तथा आवश्यक उपकरणसमेत रहनेछ । ती एम्बुलेन्समा ‘जिपिएस’ प्रविधि जडान हुने उनले बताए।

विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार नेपालमा सडक दुर्घटनामा परी अकालमा मृत्यु हुनेमध्ये आधाबढीको सङ्ख्या घटनास्थलबाट उपचार गर्न स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा नै मृत्यु हुने गर्दछ । नेपालमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । अस्पताललाई हाइवे ट्रमा अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रस्ताव आह्वानसमेत गरिसेकेको छ । “गण्डकी प्रदेशलाई सडक दुर्घटनाबाट मृत्युविहीन बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन जिल्ला अस्पताललाई हाइवे ट्रमा घुम्ती अस्पतालका रूपमा विकसित गर्न लागिएको हो”, सूचना अधिकृत शर्माले बताए। उसो त गण्डकी प्रदेश पूर्णखोप प्रदेशका रूपमा घोषणा भइसकेको छ ।

विशेषगरी यस प्रदेशमा वर्षेनी कतिजना सडक दुर्घटनामा परी मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसित छैन । यसैगरी सामाजिक विकास मन्त्रालयको आर्थिक एवं प्राविधिक सहयोगमा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।

विसं २०१६ मा स्थापना भएको सो अस्पताल ५० श्ययाको रहेको छ । सामाजिक विकास मन्त्रालयको रु ७० लाखको अनुदानमा अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याइएको सूचना अधिकृत शर्माले बताए । सो अस्पतालमा गत वर्ष ३० हजार बिरामीले सेवा लिएका थिए । बालमृत्यु तथा मातृमृत्यु गत वर्ष अस्पतालमा शून्य भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस