विवादकै बिच काँग्रेसको विधान बहुमतबाट पारित « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

विवादकै बिच काँग्रेसको विधान बहुमतबाट पारित


प्रशासन विशेष ब्युरो

१२ फाल्गुन २०७५, आइतबार


काँग्रेस

काठमाडौँ । विवादकै बिच काँग्रेसको विधान पारित भएको छ ।

महाधिवेशन र क्षेत्रीय प्रतिनिधि स्वतः बन्ने प्रावधान विधानमा राख्ने कि नराख्ने भन्ने विवादमा सहमति नभएपछि आइतबारको केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट विधान पारित भएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापन इतरपक्षले पुस ८ मा सम्पन्न महासमिति बैठकको म्यान्डेट विपरीत निर्णय भएको भन्दै निर्णय पुस्तिकामा लिखित असहमति जनाएका हुन् ।
केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले परिमार्जनसहित विधान पास गर्ने प्रस्ताव राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस