२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्वास्थ्यप्रति सरकार संवेदनशील छ : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदीले दक्षिण कोरियाको क्रुपी फाउण्डेसनबाट उपलब्ध गराइएका ३० थान लामखुट्टे (मच्छर) नियन्त्रण गर्ने उपकरण मेशिन आज स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्दै उनले सो कुरा बताएकबा हुन् ।

मुख्यमन्त्री राईले जनप्रतिनिधिले मानव स्वास्थ्य रक्षामा सदैव कार्य गर्नुपर्नेमा जोड दिए । उनले संघीय संरचनाअनुसार तीन तहको सरकार विकास र समृद्धका लागि काँधमा काँध मिलाई हिँडिरहेको दाबी गर्दै जनताको विकासको चाहना चाँडै नै पूरा हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले तराई, पहाड र हिमाल विविधिताले भरिएको यस देशमा शान्ति सुशासन कायम भई विकास मात्र एक एजेण्डा रहेकाले विश्वका मित्रदेशीहरु आर्थिक समृद्ध कायममा सहयोग गर्न आतुर रहेको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस क्षेत्रमा अकल्पनीय रुपमा विकास निर्माणका कार्य भइरहेको बताउँदै जनताले त्यसको अनुभूति र परिणाम केही सयमदेखि देखिने धारणा व्यक्त गरे । उनले यस क्षेत्रका बसोबास गर्ने आदिवासी, जनजाति पिछडिएका दलित एवम् गरीब जनताले प्राप्त सहयोगवाट जीवन सहज हुने बताए।

संघीय सांसद अमनलाल मोदीले लामखुट्टेका कारण विभिन्न रोगबाट सर्वसाधारण जीवन जोगाउन मेशिन उपयोगी हुने विश्वासले सहयोग गरेको बताउँदै आगामी दिन जनताको आर्थिक आयआर्जनमा कार्य जोड दिने धारणा राखे ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले लामखुट्टे नियन्त्रण विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै महानगरले यस क्षेत्रमा तीन÷चार महीनामा नियन्त्रण अभियान सञ्चालन गर्न गरेको जानकारी दिए।

सहयोगी संस्था क्रुपका दक्षिण कोरियाका टोली नेतृत्वद्वय ली हान हू र चे होङ्गले नेपालीमा मन्तव्य राख्दै नेपाली जनतालाई सानो सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने वचनबद्धता व्यक्त गरे।