चरन अभाव र चिसोका कारण मौरी घारमै मर्न थाले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चरन अभाव र चिसोका कारण मौरी घारमै मर्न थाले


प्रशासन संवाददाता

१२ फाल्गुन २०७५, आइतबार


हुम्ला । हिमाली जिल्लामा हिउँदको २ महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् ।

स्थानीय जातका मौरी पालेर जीविकोपार्जन गरिरहेका कृषक मौरी मर्न थालेपछि चिन्तित बनेका छन् । दु

ई महीनायता जिल्लाका उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका कृषकले पालेका मौरी घारभित्रै मरिरहेको मौरीपालक कृषक जय शाहीले बताए ।

अत्यधिक चिसो र हिमपातका कारण मौरीलाई चरन अभाव हुँदा घारभित्रै मर्न थालेको खार्पुनाथ गाउँपालिका–५ का कृषक रामजित भण्डारीले बताए। जिल्लाका कृषकले पालेको मौरी १०० बढी घारमा मरेको देखिएको उनले बताए।

जिल्लामा दश वर्षयताकै चिसो र हिमपात भएकाले चरन अभाव भएर मौरी घारमै मरेको हुनसक्ने कृषकहरुले आशङ्का गरेका छन् ।

१ माना महको रु एक हजारदेखि एक हजार २०० सम्मको मूल्यमा बिक्री गर्ने गरेको मौरीपालक कृषक शाहीले बताए । मौरी घारमै मर्ने गर्नाले आफूहरुलाई निकै समस्या भएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस