२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

अ+ अ-

चितवन । जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता जिल्लामा जबर्जस्ती करणीका ३१ घटना भएका छन् । यी घटनामा ३७ जना पीडक पक्राउ परेका छन् । गत महीना भएको एक घटनाको जानकारी दुई दिनपछि आएकाले दुईमध्ये एक जना पक्राउ पर्न नसकिएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा एक जनाबाहेक अरु सबै पीडकलाई पक्राउ गरी कारवाही गरिएको छ । फरार एक जनाको खोजी कार्य तीब्र पारिएको उनले बताए ।

जिल्लामा गतवर्ष ५५ वटा जबर्जस्ती करणीका घटनामा ६६ जना पक्राउ परेको र सात जना फरार रहेको प्रहरीले जनाएको छ । यस वर्ष पक्राउ परेकाहरु १६ वर्षदेखि ४० वर्ष उमेर समूहका धेरै रहेका छन् ।

घटनाका पीडकहरु चिनजानका बढी भएको तथ्याङ्कले देखाएको छ । पक्राउ परेकामध्ये चिनजानका २१ जना, आफन्त नौ जना र अपरिचित २ जना रहेका छन् ।

प्रहरीले यसै अवधिमा जबर्जस्ती करणीको उद्योगमा सातवटा घटनामा सात जनालाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा जबर्जस्ती करणीमा पक्राउ परेकामध्ये २५ जना पूर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस