२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी तलब

अ+ अ-

म विगत धेरै दिनदेखि
तिम्रै प्रतीक्षामा छु
यो पटक तिमी आउन
अलि ढिलो गर्‍यो
तर म ढुक्क छु
तिमी चाडै आउँछौ।
तिम्रो प्रतीक्षामा
म मात्रै होइन
धेरै जीवित आत्माहरू
तिम्रो बाटो कुरिरहेका छन्
तिम्रो केही अंश पाउने आसमा ।

हुन त
तिम्रो पुरै अंश
मैले पाउनु पर्ने हो ,
तर तिमी पहिले नै चौइटिएर आउँछौ
बिमा र सन्चयकोष
अनि
नागरिक लगानी कोष कता कता !
तिम्रो आक्रमण त
तिमी जन्मँदै बाट सुरु हुन्छ
अनेक बहानामा ।
म चाहन्छु
तिम्लाइ सधैँ सुरक्षित राखौँ
दराजको एक कुनामा
धेरै वर्षका लागि
जसरी प्रिय बस्तु लुकाइन्छ ।

तर मेरो भाग्य भनौ या नियतिको खेल
तिम्रो र मेरो सम्बन्ध
कहिल्यै प्रगाढ हुन सकेन
कहिल्यै घनिष्ठ हुन सकेन
हामी सधैँ
विपरीत धुर्ब झैँ हिडिरयौ
सधैँ दुई दिनको राम कहानी
मलाई लाग्छ
सायद मेरा सर्ट र पाइन्टका गोजीहरू
तिम्लाइ राख्न बनेकै होइनन्
यी त पिडा बिसाएर
मन शान्त पार्न कोसिस गर्ने
कालो कलम
अनि कागजका टुक्राहरू
राख्न बनेका हुन ।

चाहाना त तिम्लाइ सुरक्षित राख्नु नै हो
तर विडम्बना
तिमी मेरो समीपमा नआउँदै
सरकार बाटै
हल्का घटुवा भएर आउँछौ
मेरो समीपमा आउँदा
तिम्लाइ लाग्दो होला
म धेरै नै सुरक्षित छु
तर विडम्बना
म तिम्लाइ केही गर्न सक्ने छैन
म त झन् अपराधी हुनेछु
तिम्रो थोरै चौइटिएको पहिरनलाई
म अझै नाङ्गो बनाइ
बजार तिर हुत्त्याइदिनु
मेरो बाध्यता हुनेछ ।
जहाँ तिम्लाइ तितरबितर गर्न
सयौँ मुसाहरू
दाँत तिखो बनाएर
बसिरहेका हुन्छन्
तिम्रो चाहाना बिना
अनि
तिम्रो क्षमता बिना ।

तिमी डुल्न त सक्छौ
मात्र
दुई चार वटा किराना पसल
तरकारी पसल
अनि सक्छौ
साना अस्पताल र फेन्सी स्टोरहरू
तर तिम्लाइ आक्रमण गर्नेहरू
धेरै हौसिएका हुन्छन्
धेरै तातेका हुन्छन्
सुन पसल देखि नुन पसल सम्म
तरकारी पसल देखि पान पसल सम्म।

हुन त गल्ती मेरै हो
मैले तिम्रो क्षमतालाई बुझ्न सकिन
मलाई याद छ
तिम्लाइ धेरै पटक आक्रमण गरिएको छ
प्रत्येक महिना आक्रमण गर्दा
मेरा धेरै खल्तीहरू च्यातिएका छन् ।
म एकान्त गई आँसु झार्दा
तिम्रो बिस रुपैयाँको नोटले
मलाइ टुलटुल हेर्थ्यो ,
किनकि
साथी मेरो उ मात्र थियो ।

मैले प्रत्येक महिमा
तिम्रो साथ पाएको दिन
मलाई गर्व महसुस हुन्छ
गोजी किनाकिन तात्न खोज्छ
मुहारमा चमक छाउँछ
घरमा गई श्रीमती सँग
बोल्न अनि जिस्किन मन लाग्छ
छोराछोरी सँग खेल्न मन लाग्छ

तर,
त्यो खुसी यति चाडै लुटिन्छ कि
त्यसको मुख्य दोषी
तिमी हौ की म हु
या यो सरकारी जागिर
म सोच्नै सक्दिन
चौबिस घण्टामै त्यो खुसी
हाँसो अनि भित्री आनन्द
भताभुङ्ग हुन्छ
एउटा कुमालेको कथा जस्तो
हो एउटा कुमालेको कथा जस्तो ।

प्रतिक्रिया दिनुहोस