२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपन्छी आहाराको गुणस्तर जाँच अव एक मिनेटमै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाले ‘मोबाइल ल्याब भ्यान’ सञ्चालनमा ल्याएसँगै पशुपन्छीलाई खुवाउने दानाको गुणस्तर एक मिनेटमै परीक्षण गर्न सकिने भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेपलाञ्चोक, धुलिखेलमा एक कार्यक्रमबिच पशु सेवा विभागका महानिर्देशक डा.विमल कुमार निर्मलले भ्यानको उद्घाटन गरेसँगै स्थलगतरुपमा नै पशुपन्छीको दाना परीक्षण एक मिनेटभित्रै जाँच गर्न सकिने भएको हो ।

प्राविधिक टोलीले दाना उद्योग तथा कृषकले प्रयोग गर्ने दानाको नमुना सङ्कलन गरी भ्यान भित्र जडित उपकरणबाट दानामा रहेको मात्राहरू कम्प्युटरबाट देखाउनुका साथै प्रिन्ट नै गरेर व्यवसायीलाई दिन सकिन्छ ।

‘दानाको गुणस्तरबारे धेरै गुनासो थियो,’ विभागका महानिर्देशक निर्मलले भने । ‘अब सम्बन्धित किसान तथा व्यवसायीको घर, गोठ, खोर तथा उद्योगमै पुगेर स्थलगतै यसको गुणस्तर चेक जाँच गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउन सकिने भएको छ ।’

दूध दहीका लागि गाई भैँसीको होस् या फुल तथा मासुका लागि कुखुरा, खसी, बंगुर नै होस् कुल पशुपालनमा ६० प्रतिशत योगदान दानाको हुने भएकोले पशुपन्छीजन्य व्यवसायको वृद्धिका लागि गुणस्तरीय दाना आवश्यक पर्ने महानिर्देशक निर्मलको भनाई छ ।

सङ्घीय सरकारबाट सुरु गरिएको मोबाइल ल्याब भ्यान कार्यक्रम प्रदेशस्तरका सात वटै प्रयोगशालामा लागु गर्दै लैजाने उनले बताए ।

पशुपन्छीजन्य पदार्थको वृद्धिदर देखि कृषक तथा व्यवसायीको प्रतिफल सबै दानामै निर्भर हुने भएकोले यो कार्यक्रम लागु गरिएको राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाकी प्रमुख डा. नम्रता सिंहले बताइन् ।

‘शिविर, स्थलगत घरदैलो कार्यक्रम तथा कृषक र व्यवसायीका गुनासाहरूलाई सम्बन्धित ठाउँमै गएर सम्बोधन गर्नेछौँ’ डा. सिंहले भनिन्, ‘कम गुणस्तरको भेटिए पहिलो पटक चेतावनी दिन्छौ । पुनः दोहोरिएको अवस्थामा कारबाही प्रक्रिया अगाडी बढाउँछौँ ।’

अटोमेटिक फिड एनालाईजर मेसिनबाट एक मिनेटमै दानाको परीक्षण गरी रिपोर्ट निकाल्ने भएकोले दानाको गुणस्तरीयता जाँच गर्न निकै सहज र प्रभावकारी हुने प्रयोगशालाका पशु विकास अधिकृत जनक बहादुर धामीको भनाई छ ।

‘गुनासो तथा समस्या देखिएपछि दानाको नमुना सङ्कलन गरेर ल्याबमै ल्याउनु पथ्र्यो र दानाको डाइजेशन प्रक्रियादेखि विभिन्न आवश्यक रसायनको प्रयोग गरी दानाको परीक्षण गरी रिपोर्ट निकाल्न ८ दिनसम्म लाग्ने गरेको अवस्था थियो’ धामीले भने, बढी समय लाग्ने र झन्जटिलो पनि भएकोले फिड एनालाइजर मेसिनसँगै मोबाइल ल्याब भ्यान सञ्चालनमा आएपछि कृषक तथा व्यवसायीको घर गोठमा नै पुगेर एक मिनेटमै रिपोर्ट निकाल्न सकिने भएको छ ।’

यसको प्रत्यक्ष लाभ पशुपन्छी पालक किसानहरूले लिन सक्ने धामीको भनाई छ ।

स्वच्छ र स्वस्थ पशुपन्छीजन्य पदार्थका लागि पशुपन्छी स्वच्छ र स्वस्थ हुन जरुरी छ र स्वच्छ र स्वस्थ पशुपन्छीका लागि पशुपन्छीलाई खुवाउने दाना गुणस्तरीय हुन जरुरी छ ।

प्रयोगशालाले सञ्चालनमा ल्याएको यो कार्यक्रम कृषक तथा व्यवसायीका लागि अत्यन्तै लाभदायक भएको व्यवसायीको भनाई छ ।

‘आफूले प्रयोग गरिरहेको दानाको गुणस्तरबारे स्थलगत थाहा पाउनु एकदमै राम्रो कुरा हो’ प्रभात पोल्ट्रि ह्याचरीका प्रोप्राइटर ईश्वर शर्माले भने, ‘जसले गर्दा पशुपन्छी पालन व्यवसाय र साना ठुला सबै फार्मिङमा ठुलो सहयोग पुर्‍याउँछ ।’

पछिल्लो समयमा सस्तो ब्याजदरमा लगानी, बजार व्यवस्थापन सँगै रोगका कारण हुने क्षतिलाई न्यूनीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

‘अहिले हामीले भ्याक्सिनका लागि विदेशकै भर पर्नुपर्ने अवस्था छ’ उनले भने, ‘स्वदेशमै उत्पादन गर्ने कार्यक्रममा सरकारले सहयोग गर्न सके अझ राम्रो हुन्छ शर्माले भने,।’

दूध, फुल र मासुमा आत्मनिर्भर बनाउने सरकारी प्रयासलाई सार्थक बनाउन पशुपन्छीलाई खुवाउने दाना सन्तुलित हुन अति आवश्यक हुन्छ । सरकारले तोकेको मापदण्ड अनुसारको आहाराले मात्रै उत्पादन राम्रो दिन सक्ने भएकोले दानाको गुणस्तरबारे कृषक, व्यवसायी तथा स्वयं उपभोक्ताहरू पनि जानकार र सजग रहन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस