३ केजि चरेश सहित एक प्रक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३ केजि चरेश सहित एक प्रक्राउ


प्रशासन संवाददाता

९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले सवारी साधनबाट लागुऔषध ३ केजि चरेश सहित एक जनालाई प्रक्राउ गरेको छ ।

धादिङबाट काठमाडौं आउदै गरेको बा.२ ख. २९४७ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्ने क्रममा मकवानपुर थाहा नगरपालिकाका राजन तामाङको साथबाट अबैध लागुऔषध चरेश ३ के.जी बरामद गरेको छ ।

उक्त बसमा सवार भई आएका जिल्ला मकवानपुर थाहा नगरपालिका – ७ घर भएका वर्ष २२ को राज तामाङ्गले कालो झोलामा लुकाई छिपाई लिई आएको ३ केजि १०० ग्राम चरेश सहित फेला परेका हुन् ।

निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि मनप्र वृत्त थानकोट पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस