विवरण नबुझाउने सहकारीलाई कारवाही गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विवरण नबुझाउने सहकारीलाई कारवाही गरिने


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । काठमाडौँ महानगरपालिकाले साधारणसभाको विवरण नबुझाउने सहकारीलाई अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ ।

आइतबार निर्धन सहकारीको ‘सहकारीको सुसञ्चालनमा शेयरसदस्यको भूमिका’ विषयक विशेष तालीम कार्यक्रममा कामपाका सहकारी विभागका प्रमुख नमराज ढकालले विवरण नबुझाउने सहकरीलाई कारवाही गर्ने बताएका हुन् ।

कामपाअन्तर्गत अहिले एक हजार ८५६ सहकारी भए पनि ४८० सहकारीले मात्र विवरण बुझाएका छन् । आजभन्दा ११ वर्षअघि स्थापना भएको निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लिले समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी समाजकै हितमा परिचालन गर्दै आएको छ ।

संस्थाका सदस्यलाई बेलाबेलामा तालीमका कार्यक्रम सञ्चालन गर्नु आवश्यक हुने भएकाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिरहेको संस्थाका सचिव रमेश पोखरेलले बताए ।

कामपाले आफ्ना मातहतका सहकारीको सञ्चालनका लागि ‘सहकारी ऐन २०७४’ जारी गरेको छ । संस्थाका अध्यक्ष झपटबहादुर बोहराले सहकारीले नाफामूलकभन्दा पनि नागरिकको सेवालाई दृष्टिगत गरी काम गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस