५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

अ+ अ-

काठमाडौं । एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।

प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशका चार शहरका नामबाट चार टोलीले प्रतिस्पर्धा गर्ने तथा शहर र टोली केही दिनपछि घोषणा गरिने प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए। मुलुकभित्र हुने अधिकांश प्रतियोगिता पुरुष खेलाडीका लागि मात्र केन्द्रित रहँदै आएकाले सो सँगै महिला क्रिकेटरलाई अघि बढाउने उद्देश्यसाथ प्रालिले महिला टि–२० लिग आयोजना गर्न लागेको उनको भनाइ थियो । प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेकोले केही समयपछि जानकारी दिने आयोजकले जनाएको छ ।

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो प्रोत्साहन पाउने र खेलको विकासमा समेत मद्धत पुग्ने बताए । क्रिकेटको विश्वकप जित्ने मुलुकमा समेत महिला लिग शुरु हुन नसकेको अवस्थामा नेपालमा खेल शुरु हुनु सुखद् भएको बताउँदै उनले यसलाई निरन्तरता दिन आग्रह गरे ।

राष्ट्रिय महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि महिला खेलाडी उत्साहित भएको प्रतिक्रिया दिए। प्रतियोगिताको शहर, टोली र खेल तालीकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिनेछ ।

चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर) मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् ।

आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ आइसकेको जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, कतार, सिरिया, साउदी अरेबिया, यूएइलगायत मुलुकका खेलाडी नेपाल आएका छन् । प्रतियोगिताका ‘गेष्ट पोजर’को विश्वविख्यात बडिविल्डर रोली विङ्कलर पनि नेपाल आइसकेका छन् । प्रो क्वालिफायरमा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘वुमन पिजिक’ गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि अमेरिका, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्ड्सका गरी चार निर्णायकमण्डल नेपाल आइसकेका छन् । चार इभेन्टको विजेताले प्रो कार्ड पाउनेछन् र अमेरिकाको लस भेगासमा हुने मिस्टर ओलम्पियामा भाग लिन पाउनेछन् । च्याम्पियनसिपमा ५० देखि ६० खेलाडीले सहभागिता जनाउन नाम दर्ता गराए पनि सहभागीको सङ्ख्या कम भएको आयोजक संस्थाका अध्यक्ष एवं पूर्व धर्मश्री विजेता सानु गुरुङले जानकारी दिए।

खेल हेर्न दश, पाँच र तीन हजार दरका टिकट राखिएको छ । आइएफबिबीले आयोजना गर्ने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्छ । नेपाल यसअघि यो संस्थामा आबद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ । खेलाडीले यी चार ‘प्रो कार्ड’ जितेर अमेरिकाको लसभेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग लिन सक्नेछन् । त्यसैले यो प्रतियोगितालाई ‘मिस्टर ओलम्पिया’ खेल्ने बाटोको रूपमा पनि लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस